Comments Add Comment

नेकपाले वैशाख १५ भित्रै प्रदेश ३ का स्थानीय तहमा संसदीय दल गठन गर्ने

२६ चैत,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले वैशाख १५ भित्र प्रदेश ३ का सबै स्थानीय तहमा पार्टीका संसदीय दल र बोर्ड गठन गरिसक्न सर्कुलर जारी गरेको छ ।

प्रदेश ३ को पहिलो बैठकपछि अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेलले जारी गरेको परिपत्रमा स्थानीय तहको कामलाई प्रभावकारी बनाउन स्थानीय तह दल र स्थानीइ तह बोर्ड गठन गर्न निर्देशन दिएको हो ।

स्थानीय सरकारमा पार्टीको नेतृत्व स्थजापना गर्न,समन्वय गर्न र नीति तथा कार्यक्रम लागु गर्न सबै तहमा पार्टीको विधान अनुसार केन्द्रको संसदीय दल जस्तै संरचना बनाउन लागिएको प्रदेश कमिटी सचिव आनन्द पोखरेलले बताए ।

जिल्ला समन्वय समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा वैशाख १५ सम्म स्थानीय तह दल र स्थानीय तह बोर्ड अनिवार्य गठन हुनुपर्ने निर्देशनमा उल्लेख छ ।

स्थानीय तहमा दलको नेता सम्बन्धित पालिकाको मेयर वा गाउँपालिका प्रमुख हुनेछन् । यदि प्रमुख नजितको ठाउँमा उपप्रमुख र प्रमुख उपप्रमुख नजितेका ठाउँमा पार्टीमा वरिष्ठताको आधारमा वडाध्यक्ष वा सदस्य स्थानीय तह दलको नेता हुनेविधानमा उल्लेख छ ।

नेकपाले प्रदेश ३ मा पार्टी कार्यालय भवन निर्माण अभियान समेत सन्चालन गर्न लागेको छ । त्यस्तै प्रदेश ३ का सिन्धुली,दोलखा र रसुवा जिल्लामा पालिका तथा वडा तहसम्म पार्टी एकीकरणको काम सम्पन्न भएको पोखरेलले बताए ।

बैठकले स्थानीय तहमा बाँकी एकीकरण सम्पन्न गरिसक्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment