Comments Add Comment

लिङ्देनलाई आएको धम्कीको छानबिन गर्न राप्रपाको माग

२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी महामन्त्री तथा सांसद राजेन्द्र लिंदेनलाई आएको धम्की राजनीतिक कारणले पनि आएको हुन सक्ने भन्दै छानबिन गर्न सरकारसँग माग  गरेको छ ।

धम्कीको घटना पैसासंग मात्रै सम्बन्धित नरहेर राजनीतिक वा अन्य कारण पनि हुन सक्ने भन्दै राप्रपाले मिहिन ढंगबाट छानबिन गरि पक्राउ परेका व्यक्तिबाट सत्यको उजागर गर्न माग गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गरी राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले वास्तविक दोषी पत्ता लगाउन घटनाको जरासम्मै पुगेर अनुसन्धान गर्न र दोषीलाई कडा कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओली र सरकारसँग माग गरेका छन् । लिंदेनले आफूलाई दुई सातादेखि ज्यान मार्ने धम्की आइरहेको बताएका छन् ।

तँलाई मार्न ५० लाख रकम दिइसकेको छु । अब बाँच्दैनस्’ भन्दै कहिले ह्वाट्स एप त कहिले मोबाइलमा फोन गरेर आउने गरेको छ, एउटा आवाजबाट मलाई धम्की दिइन्थ्यो भने अर्को आवाजबाट मलाई मार्न पैसा दिएकाले सचेत हुन भनिन्थ्यो’, लिङ्देनले अनलाइनखबरसँग भने । प्रहरीले धम्की दिएको घटनाको अनुसन्धानका लागि एक जनालाई पक्राउ पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment