+
+
Shares

खेम सेन्चुरीको गीत विवादमा सहमति : विवादित शब्द र दृश्य हटाइने, शीर्षक परिवर्तन गरिने

विवादित शब्दहरू गीतबाट हटाउने, पूजा गर्ने क्रममा ब्राम्हणले खाएको भागलाई ब्लर गर्ने र गीतको शीर्षक ‘बाहुन बाजे’ परिर्वत गर्ने लिखित सहमति जुटेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १५:२२

काठमाडौँ । खेम सेन्चुरीको नयाँ गीत ‘बाहुन बाजे किन कसेको’ लाई लिएर भैरहेको विवादमा सहमति जुटेको छ । उजुरीकर्ता र सेन्चुरीबीच प्रहरीको साइबर ब्यूरोमा दुई दिनदेखि चलेको वार्तामा सहमति जुटेको हो ।

विवादित शब्दहरू गीतबाट हटाउने, पूजा गर्ने क्रममा ब्राम्हणले खाएको भागलाई ब्लर गर्ने र गीतको शीर्षक ‘बाहुन बाजे’ परिर्वत गर्ने लिखित सहमति जुटेको हो ।

लिखित सहमतिपत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन् । गीतले ब्राम्हण समुदायलाई होच्याएको र मानमर्दन गरेको जनाउँदै गीत तत्काल बन्द गर्नुपर्ने मागसहित ब्यूरोमा उजुरी परेको थियो ।

उजुरीपछि प्रहरीले दुवै पक्षलाई मंगलबार छलफलमा बोलाएको थियो । मंगलबारको वार्ता टुंगोमा नपुगेपछि बुधबार पनि वार्तामा बोलाइएको थियो ।

हिन्दुवादी अभियन्ता सागर थापा लगायतले ब्युरोमा उजुरी दिएका थिए । गीतमा रहेको ‘खान्छौ कि खान्नौ बङ्गुरको मासु, लौ खाऊ न त सुँगुरको मासु’ भन्ने पंक्तिमा हिन्दुवादी अभियन्ताको आपत्ति थियो ।

तीन साताअघि रिलिज भएको यो गीतलाई युट्युबमा ६५ लाखभन्दा धेरैपटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?