Comments Add Comment

आम्दा अस्पतालसँग तीनबुँदे सहमतिपछि आफन्तले उठाए शिशु शव

२६ चैत, बुटवल । उपचारका क्रममा दश महिने शिशुको मृत्यु भएपछि सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा उत्पन्न विवाद तीनबुंदे सहमति पछि अन्त्य भएको छ ।

मृतक शिशुका अभिभावकले १५ लाख रुपैयाँ क्षतिपुर्ति लगायतका माग राख्दै शव बुझ्न अस्वीकार गरेपछि सोमबार सांझदेखि मंगलबार सांझसम्म अस्पतालमा तनाव उत्पन्न भएको थियो ।

अस्पताल प्रशासनसंग मंगलबार साँझसम्म भएको वार्तामा ३ बुँदे सहमति भएपछि शिशुका आफन्तले शव बुझेका छन् । वार्तामा अस्पताल प्रशासनले मृतक शिशुका दुई दिदीहरुको कक्षा १० सम्मको मासिक शैक्षिक शुल्क बेहोर्ने, उनीहरुलाई आगामी दिनमा उपचार गर्दा आम्दा अस्पतालमा उपलब्ध सेवामा निःशुल्क उपचार गर्ने र भविष्यमा अस्पतालमा कर्मचारी आवश्यक पर्दा उनिहरुको योग्यता अनुसार प्राथमिकतामा राखेर रोजगारी दिन सकिने सहमति भएको छ ।

अस्पतालको लावरवाही गर्दा बच्चाको ज्यान गएको भन्दै अभिभावकले १५ लाख क्षतिपुर्ति र घटना छानविनको माग गरेका थिए । अस्पतालका उपनिर्देशक केशव शर्माले भने अस्पतालको गल्ती नहुँदा नहुँदै पनि मृतक बच्चाको परिवारमा परेको पीडामा संवेदनशील भएर व्यवहारिक रुपमा गर्न सकिने सहयोगमा सहमति गरिएको बताए ।

बुटवलको देविनगरका नारायण दर्लामीका १० महिनाका छोरा ओम दर्लामीको सोमबार साँझ आम्दा अस्पताल बुटवलमा निमोनियाको उपचारका क्रममा ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment