+
+
Shares

सेवाग्राहीसँग तेल माग्ने प्रहरी कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २६ गते १७:१५

२६ चैत, बिराटनगर । व्यक्तिगत लाभका लागि सेवाग्राहीसँग तेल माग्ने प्रहरीसहित चारजना बिभागीय कारबाहीमा परेका छन् ।

सवारी साधनका लागि सेवाग्राहीसँग तेल माग्ने प्रहरी चौकी गछिया मोरङका प्रहरी हबल्दार वीरेन्द्र यादव विभागीय कारवाहीमा परेका हुन् । उनले चैत १६ गते सेवाग्राहीसँग तेल मागेका थिए ।

मोरङ प्रहरीले प्रहरी चौकी बिराटनगर बखरीका प्रहरी सहायक निरीक्षक सन्तोषकुमार यादव, प्रहरी चौकी आपगाछीमा कार्यरत प्रहरी जवान धर्मराज भण्डारी र केशव दर्जीलाई पनि विभागीय कारबाहीका लागि सिफारिस गरेको छ ।

चैत २२ गते अनुगमनका क्रममा प्रहरी चौकी बखरीका इञ्चार्जसमेत रहेका सहायक निरीक्षक यादवले गैरजिम्मेवार र लापरबाही पूर्ण तरिकाले प्रहरी परिचालन गरेको भेटिएको थियो ।

अनुगमनकै क्रममा चैत २४ गते प्रहरी चौकी आपँगाछीमा कार्यरत जवान भण्डारी र दर्जीले गैरजिम्मेवार तथा लापरबाहीपूर्ण तरिकाले काम गरेको पाइएपछि प्रहरी नियमावली अनुसार कारवाही प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?