Comments Add Comment

कांग्रेसको आर्थिक गतिविधि अपारदर्शी : प्रकाशमान

२८ चैत, काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीको आर्थिक गतिविधि अपारदर्शी भएको आरोप लगाएका छन् । कांग्रेस जिल्ला कोषाध्यक्षहरुको पोखरामा आयोजित तेस्रो राष्ट्रिय भेलामा सहभागी हुन आइपुगेका सिंहले पार्टी आर्थिक गतिविधिमाथि प्रश्न उठाएका हुन् ।

सिंहले आर्थिक पारदर्शिताको प्रसंग उप्काए पनि त्यसबारे थप पुष्ट्याइ भने गरेनन् । ‘पार्टीको आर्थिक गतिविधि पारदर्शी छैन । यसलाई पारदर्शी बनाउनु पर्छ’, सिंहले भने ।

विगतमा जनताले आशा भरोसा गरेको कांग्रेसप्रति आकर्षण कम हुँदै जानु गम्भीर समिक्षाको विषय भएको भन्दै उनले जिम्मेवार रुपमा सोचेर आ-आफ्ना जिलाका पार्टी संगठनका काममा लाग्न उनले कोषाध्यक्षहरुलाई निर्देशन दिए ।

विधि र प्रक्रियाविपरीत पार्टी नेतृत्वअघि बढेको आरोप पनि नेता सिंहले उक्त अवसरमा लगाए । पार्टी एकपछि अर्को संकटमा फस्दै गएको उल्लेख गर्दै उनले विधि प्रक्रियाअनुरुप अघि नबढे कांग्रेसलाई चुनौतीको पहाडहरुले थिच्ने चेतावनी दिए ।

जनताले भरोसा गरेको पार्टीप्रतिको आकर्षण घट्दै गएको उल्लेख गर्दै उनले यसप्रति गम्भीर समीक्षा गर्न पार्टी पंक्तिलाई आग्रह गरे । ‘इतिहासले मात्रै अब पार्टी चल्दैन । कांग्रेसको भविष्य सुनिश्चित छ भन्ने विश्वास दिलाउँदै वर्तमान पुस्तालाई आकर्षित गर्ने हो भने सबैले यसबारे गम्भीतापूर्वक सोच्नुपर्छ’, नेता सिंहले भने ।

उनले सरकार विधि र प्रक्रिया मिचेर अघि बढेको आरोप पनि लगाए । उनले मनोमानी ढंगले सरकारअघि बढे कांग्रेस त्यसलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी पनि नेता सिंहले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment