+
+
Shares

बेनी-जोमसोम सडक अझै एक साता नखुल्ने

सडक विभागका अनुसार मालढुङ्गा-बेनी-जोमसोम कोरला सडकखण्डको घासा–कोरला खण्डमा सडक दुईतर्फी सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १३:२५

१९ असोज, काठमाडौं । नेपाल र चीनबीच खुला रहेको कोरला नाका जोड्ने बेनी-जोमसोम सडक अझै एक साता नखुल्ने भएको छ ।

सडक विभागका अनुसार मालढुङ्गा-बेनी-जोमसोम कोरला सडकखण्डको घासा–कोरला खण्डमा सडक दुईतर्फी सुरु भएको छ । तातोपानी क्षेत्रमा कटानको ब्याक कटिङ/टेवा पर्खाल लगाइ यातायात सुरु गरिएको विभागले जनाएको छ । पोखरेबगर पुलको एप्रोच निर्माण जारी छ ।

रातोपानीमा २ स्थान र भीरकाटे नजिक मानिस समेत हिँड्न नमिल्ने गरी सडक टुटेको छ । बेगखोला नजिक समेत १ सय मिटर सडक पूरै भासिएको विभागले जनाएको छ । बैसेरी भन्ने स्थानमा झन् ठूलो पहिरोले सडक अवरुद्ध गरेको छ । राहुघाटदेखि सिरुबारीसम्म एकतर्फी सडक खुलाइएको छ ।

विभागका अनुसार पोखरेबगर नजिकै रातोपानी खण्डमा समेत ट्र्याक खुलाइएको छ । कुनेटो भन्ने स्थानमा क्याकफिलिङ गर्ने काम जारी छ । आजबाट मुख्य कटान र पहिरोग्रस्त क्षेत्रमा काम सुरु हुनेसमेत विभागले जनाएको छ । समग्रमा अझै ६ दिन यो खण्ड पुन: सुरु नहुने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?