Comments Add Comment

एनआईसी एशिया बैंकद्वारा दिवंगत गोल्छाप्रति श्रद्धाञ्जली व्यक्त

२९ चैत, काठमाडौं । एनआईसी एशिया बैंकले गत बुधबार निधन भएका उद्यमी तथा व्यवसायी दिवाकर गोल्छाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । बैंकका संस्थापक गोल्छाको निधनले संस्था परिवार स्तब्ध हुनुका साथै मर्माहत भएको विज्ञप्तिमा उल्लेख छ ।

‘उहाँको असामयिक निधनले यस बैंक परिवार लगायत समग्र देशको बैंकिङ, औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई नै अपूरणीय क्षति पुगेको छ’, बैंकका नायब प्रमुख सुचना अधिकारी अर्जुन राजखनियाँद्वारा शुक्रबार विज्ञप्तिमा उल्लेख छ ।

गोल्छा उद्योग वाणिज्य महासंघका पूर्व प्रथम उपाध्यक्ष एवम् संविधानसभाका पूर्व सभासद पनि थिए । एनआईसी एशिया बैंकलाई सबल र सक्षम बनाउन गोल्छाको पनि महत्वपूर्ण भूमिका छ । गोल्छाको निधनप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment