Comments Add Comment

इन्टरनेट सेवा प्रदायक आन्दोलित

२९ चैत, काठमाडौं । टीभी प्रसारणको अनुमति लिएका कम्पनीलाई सरकारले बिनाप्रतिस्पर्धा इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि इन्टरनेट सेवा प्रदायकहरू आन्दोलित भएका छन् । उनीहरुले नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तयारीलाई गलत भन्दै नेपाल दूरसञ्चार प्राधिकरणको प्रवेश द्वारमा धर्ना दिएका छन् ।

सरकारले विद्यमान विनियमावली नै परिवर्तन गरेर सस्तोमा फ्रिक्वेन्सी दिन लागेको थाहा पाएपछि उनीहरु धर्नामा बसेका हुन् । वर्षौदेखि सरकारले आफूहरुलाई फ्रिक्वेन्सी नदिएको र हाल अँएर टेलिभिजन प्रसारक संस्थालाई ‘चोर बाटो’बाट दिन लागिएको भन्दै उनीहरु धर्नामा बसेका हुन् ।

इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान)का अध्यक्ष भोजराज भट्ट मन्त्रालयको ठाडो हस्तक्षेपमा फ्रिक्वेन्सी गैरकानूनी तवरबाट बाँड्न लागिएकाले आन्दोलनमा आएको बताए । उनले फ्रिक्वेन्सी अक्सन (मोल बढाबढमा लिलामी) गर्नुपर्ने बताए ।

‘अक्सन गर्दा राज्यलाई पनि फाइदा हुन्छ । कसैलाई पोस्नका निम्ति नै सरकारले ब्याक डोरबाट फ्रिक्वेन्सी दिन लाग्नु गलत छ,’ उनले भने ।

सरकारले आफूहरुको माग सुनुवाई नगरे चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी सेवा प्रदायकहरुले दिएका छन् ।  उनीहरुले प्राधिकरण ज्ञापनपत्र पनि बुझाउँदै छन् ।
फ्रिक्वेन्सी वितरणको मान्यता र अभ्यासविपरीतको कार्य नगर्न उनीहरुले सचेत गराएका छन् ।

टेलिभिजन सेवा प्रदायकले भने आफूहरुले अतिरिक्त फ्रिक्वेन्सी नमागेको र टेलिभिजनलाई दिँदै आएको फ्रिक्वेन्सीमा इन्टरनेट चलाउन लागेको बताएका छन् । उनीहरुले इन्टरनेट सेवा प्रदायकले पनि टेलिभिज सेवा दिईरहेको भन्दै यो विषलाई नउछाल्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment