+

सिंगापुरविरुद्ध सतक बनाउन कप्तान पौडेल चुके

२०७५ चैत  २९ गते १०:२८ २०७५ चैत २९ गते १०:२८
सिंगापुरविरुद्ध सतक बनाउन कप्तान पौडेल चुके

२९ चैत, काठमाडौं । आईससिी यू–१९ विश्वकप क्रिकेटअन्तरगत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालका कप्तान रोहितकुमार पौडेल सतक बनाउन चुकेका छन् । उत्कृष्ट ब्याटिङ गरिरहेका पौडेल ९५ रनको व्यक्तिगत स्कोरमा आउट भए ।

एक सय ५ बलको सामना गरेका उनले सात चौका र एक छक्का प्रहार गरेका थिए । रोहितको कप्तानी पारीसँगै नेपालले सिंगापुरलाई २८३ रनकाे लक्ष्य दिएको छ ।

१८ रनको स्थितिमा दुई विकेट गुमाएको नेपाललाई रोहितले सम्हालेका थिए । उनले ओपनर पवन सर्राफसँग ९० रनको साझेदारी गरे । १०९ रन हुँदा तेस्रो विकेटका रुपमा पवन व्यक्तिगत ४७ रनमा आउट भए ।

त्यसपछि रोहिलते भिम सार्कीसँग ३६ रनको साझेदारी गर्दै नेपालको स्कोर १ सय ४४ रन पुर्याए । त्यसपछि रासिद खान र कमल सिंह ऐरीले आक्रामक ब्याटिङ गरे । रासिदले ४७ बलमा ४८ र कमलले १८ बलमा ३१ रन बनाएर आउट भएका छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय