+
+

सिंगापुरलाई नेपालले दियो २ सय ८३ रनको विशाल लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २९ गते ११:३०

२९ चैत, काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तरर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा सिंगापुरविरुद्ध पहिले ब्याटिङ गर्दै नेपालले २ सय ८२ रनको विशाल स्कोर खडा गरेको छ । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रनको योगदान दिए ।

नेपालले आफ्नो पूरा ओभर ब्याटिङ गर्न भने सकेन । ३ सय रन कटाउन सक्ने अवस्थामा नेपाल ४६ ओभरमा अलआउट भएको थियो । ४६ औं ओभरमा नेपालले तीन विकेट गुमाएको थियो ।

कप्तान रोहितकुमार पौडेल सतक बनाउन चुके पनि नेपाललाई बलियो स्कोरमा पुर्‍याएका थिए । एक सय ५ बलको सामना गरेका उनले सात चौका र एक छक्का प्रहार गरे उनी पाँच रनले शतक बनाउन चुके ।

पौडेललाई पवन सर्राफ, भिम सार्की, रासिद खान र कमल सिंह ऐरीले गतिलो साथ दिए । रासिद खानले ४७ बलमा ४८ रन बनाउँदा रन आउट भए । नवौं नम्बरमा आएका ऐरीले १८ बलमै ३१ रनको विष्फोटक पारी खेलेका थिए ।

सिंगापुरका लागि अथर्व गुनेले सर्वाधिक चार विकेट लिएका छन् । यसैगरी राउल शर्माले २, विनित मेहताले २ र प्रमेश सांघवीले एक विकेट लिए । नेपालले एक विकेट रन आउटका रुपमा गुमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?