Comments Add Comment

पुष्पको डिमाण्डः ‘३० लाख पारिश्रमिक, २ जना हिरो भएको फिल्म नखेल्ने’

चलचित्र ‘मारुनी’को छायांकनमा रहेका नायक पुष्प खड्काले चलचित्रमा काम गर्नका लागि राख्न थालेका डिमाण्डले निर्माताहरु चकित हुन थालेका छन् । नायक पुष्प खड्कालाई चलचित्रका लागि अफर गर्न पुगेका निर्माताहरु उनका विभिन्न खालका डिमाण्डले हैरान भएको वुझिएको छ ।

केही दिन अगाडि मात्र दार्जिलिङका एक निर्माताले चलचित्रमा अफर गर्दा उनले ३० लाख पारिश्रमिक लिएका थिए । पुष्प आफैले पनि ३० लाख पारिश्रमिक लिएको कुरा स्विकार गरिसकेका छन् । उनै, पुष्पको नयाँ डिमाण्डले केही निर्मातालाई चकित बनाएको छ । हालैमात्र एक चलचित्रका लागि पुष्पलाई अफर गरेका निर्माता उनले काम गर्दिन भन्नुको कारणले अचम्मित भए । चलचित्रका लागि २ नायकको आवश्यक थियो, जसमध्ये एकमा पुष्पललाई लिने निर्माताको सोच थियो । तर, पुष्पले आफूले २ नायक भएको चलचित्रमा काम नगर्ने जवाफ दिए ।

चलचित्रमा काम गर्ने वा नगर्ने कुरा कलाकारले छनोट गर्न पाउँछन् । तर, निकै नै राम्रो भूमिकालाई पनि नायक पुष्पले २ नायक हुने भएको भन्दै टुक्राएको वुझिएको छ । पुष्पले आफू अहिले ‘मारुनी’मा काम गरिरहेको र यो चलचित्र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका कारण चल्ने जवाफ दिएका थिए । यतिमात्र होइन, उनी चलचित्रको अफर गर्न जाने निर्मातालाई ‘दाल भात तरकारी’ पनि चल्छ भन्दै जवाफ दिन थालेका छन् ।

पुष्पलले काम गरेको चलचित्र ‘दाल भात तरकारी’मा चर्चित कलाकारहरुको जम्बो टोली छ । यसैले चलचित्र चल्नुको क्रेडिट सम्पूर्ण रुपमा उनीमाथि पर्दैन । अर्कोतिर, पुष्पल आफै नायिका साम्राज्ञी भएका कारण ‘मारुनी’ चल्ने जवाफ दिन्छन् । उनै, पुष्पलाई दुई नायक भएको चलचित्रमा खेल्न भने सहज लाग्दैन ।

करिअरमा भर्खरै मात्र अगाडि बढ्दै गरेका पुष्पको यो डिमाण्डले उनलाई कहाँसम्मको बाटो तय गर्न सहयोग गर्ला, प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment