+
+
Shares

ठगीको समाचार लेख्दा पत्रकार गिरी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २ गते १६:२२
Photo Credit : माधव भुसाल । पत्रकार गिरी (मोवाइलमा कुरा गर्ने) ।

२ वैशाख, पोखरा । ठगीको समाचार लेखेकै भरमा साइबर अपराध मुद्दामा पोखराका पत्रकार अर्जुन गिरी पक्राउ परेका छन् ।

तान्डव न्युज साप्ताहिक तथा अनलाइनमा बतास अर्गनाइजेसनका सञ्चालक विपेन्द्र बतासले ठूलो रकम ठगी गरेको जाहेरी परेपछि गिरीले त्यसैलाई आधार बनाएर समाचार लेखेका थिए ।

साइबर अपराध मुद्दामा उजुरी परेपछि केन्द्रीय अनुसन्धान व्युरोको आग्रहमा जिल्ला प्रहरी कार्यालय कास्कीले गिरीलाई पक्राउ गरी अनुसन्धानका लागि सोमबारै काठमाडौं पठाएको छ ।

पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पराजुलीले विपेन्द्रले ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी गरेका थिए । गिरीले उनीहरुको जाहेरीलाई उधृत गर्दै श्रेष्ठबाट १ करोड ९८ लाख र पहारीबाट २ करोड २५ लाख रुपैयाँ बतासलाई ठगी आरोप लागेको समाचार लेखेका थिए ।

समाचार प्रकाशित भएपछि विपेन्द्रले साइबर अपराध मुद्दा हालेका थिए । सोमबार अदालतमार्फत पक्राउ पुर्जी आएपछि कास्की प्रहरीले पक्राउ गरी काठमाडौं पठाएको प्रहरीले जनाएको छ । गिरीले पोखरामा क्राइम बिटमा कलम चलाउँदै आएका छन् ।

गिरीलाई पत्रिका तथा अनलाइन दर्ता नगरेको आरोपसमेत लागेको छ । तर, पत्रिका र अनलाइन दुबै दर्ता गरेर वैधानिक र व्यावसायिक हिसाबले निष्ठाको पत्रकारिता गर्दै आएको गिरीको दाबी छ ।

समाचार लेखेकै भरमा अपराध मुद्दा लगाएर पत्रकार पक्राउ परेपछि समाजिक सञ्जालमा यसको विरोध भइरहेको छ । नेपाल पत्रकार महासंघ कास्कीले सोमबार नै विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।
महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विज्ञप्तिमार्फत भनेका छन्, ‘समाचारको विषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र आवश्यक परे कारबाही गर्ने प्रावधान हुँदाहुँदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर गरी कारबाही गर्ने प्रवृत्तिको महासंघ खेद प्रकट गर्दछ ।’

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पनि विज्ञप्ति जारी गरी गिरीको पक्राउले पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप धएको ताएको छ । ‘समाचार लेखेकै आधारमा पटकपटक विद्युतीय कारोबार ऐन प्रयोग गरेर पत्रकार पक्राउ गर्ने काम तत्काल रोक्न महासंघ जोडदार माग गर्दछ । अन्यथा, महासंघ कठोर संघर्षमा उत्रन बाध्य हुनेछ’ महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?