Comments Add Comment

सर्वाेच्चमा सिफारिस न्यायाधीशविरुद्व ५ वटा उजुरी

२ वैशाख, काठमाडौं । सर्वाेच्च अदालतमा नियुक्तिका लागि सिफारिस पाँच न्यायाधीशविरुद्व संसदीय सुनुवाइ समितिमा पाँच वटा उजुरी परेको छ ।

हाल उच्च अदालतका पाटनका मुख्य न्यायाधीश रहेका प्रकाश ढुङ्गानाविरुद्ध दुई वटा, हरि फुयाँलविरुद्ध एउटा उजुरी परेको र दुई वटा नेपालमा न्यायाधीश नियुक्ति प्रक्रियामाथि नै प्रशन उठाउँदै उजुरी परेको छ ।

तर, क–कसले उजुरी दिएका हुन भन्ने खुलाइएको छैन् ।

गत चैत १८ गते बसेको न्यायपरिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा हरि फुयाँल, कुमार रेग्मी, प्रकाश ढुंगाना, सुष्मलता माथेमा र मनोजकुमार शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।

पाँचै जनाविरुद्ध सुनुवाई समितिले गत चैत २१ गते उजुरी आह्वान गरेको थियो । प्राप्त उजुरी भोलि (मंगलबार) खोलिने सुनुवाइ समितिले जनाएको छ ।

उजुरी आह्वान गर्न सुनुवाइ समितिले मंगलबार दिउँसो २ बजेलाई बैठक बोलाएको छ ।

मंगलबारको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाविरुद्ध परेको उजुरी पनि खोलिने सुनुवाइ समितिले जनाएको छ । थपलियाविरुद्ध सुनुवाइ समितिमा ६ वटा उजुरी परेको छ ।

समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाविरुद्ध भने कुनै उजुरी परेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment