Comments Add Comment

बुधबार ‘कलंक’ रिलिजको संभावना कम, बोर्ड अध्यक्षको परिक्षा

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले कार्यकाल सम्हालेको केही दिन मात्र भयो । तर, उनीमाथि अहिले सुरुवातमै चलचित्रकर्मीको मन जित्ने ठूलो अवसर मिलेको छ । भोली बुधबारदेखि रिलिज हुन लागेको बलिउड चलचित्र ‘कलंक’लाई बुधबार नै नेपालमा रिलिज गर्न रोक्न सकेको खण्डमा अध्यक्षप्रति चलचित्रकर्मीको विश्वास बढेर जानेछ । किनकी, कुनै पनि भाषाको चलचित्र नेपालमा ४ वटा पर्व बाहेक अरु समयमा शुक्रबार बाहेक अरु दिनमा रिलिज हुन पाउँदैनन् । तर, लामो समयदेखि वितरकको जर्बजस्तीमा यो नियम कार्यन्वयन हुन सकेको थिएन ।

नेपाली चलचित्र हलमा चलिरहेको समयमा हिन्दी चलचित्र ल्याएर तीनै नेपाली चलचित्रलाई यता न उताको बनाउने खेलमा लामो समयदेखि वितरक लागिरहेका छन् । मिडियाको प्रश्नको जवाफ दिन नखोज्ने, बहस र अन्र्तक्रियामा सहभागी नभएर भाग्ने वितरकहरु अहिले विदेशी चलचित्र ल्याउन झनै सलबलाएका छन् ।

तर, भोलीदेखि भारत लगायत विश्वभर रिलिज हुन लागेको चलचित्र ‘कलंक’ नेपालमा रिलिज नहुने संभावना बढेको छ । वुझिएअनुसार, वितरकले यो चलचित्रका लागि भारतमा पैसा पठाउन बोर्डको हस्ताक्षर आवश्यक पर्छ । तर, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । भोली चलचित्र रिलिज हुने भएकाले पनि बोर्ड अध्यक्षले आज हस्ताक्षर नगरेको खण्डमा भोली यो चलचित्र नलाग्ने पक्का छ ।

हिजो काठमाण्डौमा आयोजना भएको एक अन्र्तक्रिया कार्यक्रममा पनि बोर्ड अध्यक्ष भट्टराइले भनेका थिए–‘भारतमा कुन बिदा, पर्व वा जयन्ती पर्छ भन्ने कुराले नेपालमा अर्थ राख्दैन । नेपालमा ४ वटा पर्व बाहेक अरु समयमा कुनै पनि भाषाको चलचित्र शुक्रबार बाहेक चल्न पाउँदैन ।’ उनको यो कुराले पनि उनी यसपटक ‘कलंक’माथि कडा नै हुने वुझिएको थियो । यदि, भोलीबाट यो चलचित्र रिलिज नभएर शुक्रबारमात्र रिलिज हुन सक्यो भने चलचित्र विकास बोर्डका अध्यक्षको पहिलो निर्णय नै बोल्ड हुनेछ ।

भोलीबाट रिलिज हुन लागेको यो चलचित्रको अहिलेसम्म कुनै पनि मल्टिप्लेक्समा बुकिङ खुलेको छैन । यसले शुक्रबारदेखि रिलिज भैरहेका दुई ठूला नेपाली चलचित्र ‘ए मेरो हजुर ३ र यात्रा’ले मल्टिप्लेक्समा होल्ड कायम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment