Comments Add Comment

यू-१९ विश्वकप छनोटः नेपालको भाग्य ओमानको हातमा !

३ वैशाख, काठमाडौं । मलेसियामा जारी यू-१९ विश्वकप छनोट प्रतियोगितामा नेपालले शानदार प्रदर्शन गरिरहेको छ । तर, दुःखको कुरा यो छ कि उत्कृष्ट प्रदर्शनका बाबजुद नेपाल विश्वकपमा छनोट नहुने सम्भावना बढ्दोछ ।

चार खेल खेल्दासम्म नेपालले तीनमा जित र एकमा हार व्यहोर्दै ६ अंक बटुलेको छ । यूएईसँग भएको खेलमा भने वषर्ा बाधक बन्यो । डकवर्थ लेविस मेथडका आधारमा व्यहोरको एक रनको हार नेपालको लागि निकै महंगो पर्ने देखिन्छ ।

नेपालको मुख्य प्रतिस्पर्धी यूएईले चारवटै खेलमा जित हात पार्दै ८ अंक बनाएको छ ।

नेपालको झिनो आशा अब ओमानको हातमा छ । अन्तिम खेलमा नेपालले कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दै गर्दा अर्को खेलमा ओमानले यूएईसँग प्रतिस्पर्धा गर्नेछ । यदि ओमानले यूएईविरुद्ध अप्रत्याशित जित निकाल्यो भने मात्र नेपालको भाग्य खुल्न सक्छ ।

त्यो अवस्थामा नेपालले कुवेतलाई हराउनुपर्छ । त्यसो भएमा नेपाल र यूएई दुबैको समान ८ अंक हुनेछ र नेट रन रेटका आधारमा नेपाल विश्वकपमा छनोट हुनेछ । किनकी नेपालको नेट रन रेट यूएईको भन्दा निकै राम्रो छ ।

यूएईको नेट रनरेट १.८२७ छ भने नेपालको ३.०९५ छ ।

वर्षा बाधक बनेको त्यो खेल

एसिया क्षेत्र छनोटको आफ्नो दोस्रो खेलमा यूएईसँग डकवर्थ लेविस -डीएल) मेथोडमा एक रनले पराजित हुनु नै नेपालको लागि दुर्भाग्य भयो । जित्न सक्ने खेल पनि वर्षाका कारण बीचमै स्थगित हुँदा नेपाल पराजय स्वीकार्न वाध्य भएको थियो ।

नेपाल र यूएईबीचको विजेता नै विश्वकपमा पुग्ने अनुमान थियो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनाएको थियो ।
नेपाली बलरका लागि यो पर्याप्त स्कोर हो ।

जवाफी ब्याटिङ थालेको यूएईले निर्धारित ३० ओभरमा तीन विकेटको क्षतिमा १२२ रन बनाउँदा पानी पर्न थाल्यो । लामो समय पानी नरोकिएपछि खेल स्थगित गरियो र डीएल मेथडका आधारमा यूएई एक रनले विजेता घोषित भयो ।

यसबाहेकका तीन खेलमा नेपालले फराकिलो जित निकालेको छ ।

पहिलो खेलमा सिंगापुरलाई २१७ रनको विशाल अन्तरले पराजित गरेको नेपालले तेस्रो खेलमा हिजो मलेसियालाई आठ विकेटले हरायो । त्यस्तै आज ओमानविरुद्ध एक सय ५० रनको जित निकाल्यो । प्रतियोगितामा नेपाली ब्याट्सम्यानहरुले निकै राम्रो प्रदर्शन गरिरहेका छन् । कप्तान रोहित पौडेलको प्रेरणादायी ब्याटिङले टिमको मनोबल उच्च बनेको छ ।

सन् २०२० मा दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकप क्रिकेटमा पुग्ने नेपालको लक्ष्य थियो । प्रतियोगिता अघिसम्म नेपाललाई एसिया क्षेत्र छनोटको विजेताको मुख्य दाबेदार टिमको रुपमा हेरिएको थियो ।

तर, यतिबेला सम्भावना न्यून बनेको छ ।

नेपालले १९ वर्षमुनीको विश्वकपका सात वटा संस्करणमा भाग लिइसकेको छ । पहिलोपटक सन् २००० को विश्वकपमा खेलेको थियो ।

तर, २०१६ यता नेपाल विश्वकपका लागि छनोट हुन सकेको छैन ।

यू-१९ विश्वकपमा नेपालले क्रिकेटका शक्ति राष्ट्रहरुलाई हराएको गर्विलो इतिहास छ । नेपालले अहिलेसम्म भारत, पाकिस्तान, दक्षिण अपि|mका, न्यूजिल्याण्ड, बंगलादेश जस्ता टिमहरुलाई हार चखाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment