+
+

चन्द्रकलाले फेरि बनाइन् राष्ट्रिय कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ६ गते २०:२१

६ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ज्याभ्लिन थ्रोमा नेपाल प्रहरीकी चन्द्रकला लामगादे ले शुक्रबार फेरी राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

दाङको बेल्झुण्डीमा भएको खेलमा चन्द्रकलाले ४४.०५ मिटर थ्रो गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी हुन् । एक वर्षअघि इटहरीमा भएको राखेप च्याम्पियनसिपमा चन्द्रकलाले ४३.९४ मिटरको कीर्तिमान बनाएकी थिइन् ।

पहिलो दिन बिहीबार चन्द्रकलाले सटपुटमा पनि उनले स्वर्ण जित्दै कीर्तिमान बनाएकी थिइन् । आर्मीकी लक्ष्मी थारु दोस्रो तथा एपीएफकी सीमाकुमार थारु तेस्रो भइन् ।

यही स्पर्धामा पुरुषतर्फ आर्मीका रोहित चौधरी पहिलो भए । उनले ५६.५८ मिटर टाढा फाले । एपीएफका मनोज डगौरा दोस्रो तथा प्रहरीका वीरेन्द्र चौधरी तेस्रो बने ।

पुरुषतर्फ १ हजार ५ सय मिटर दौडमा आर्मीका टंक कार्कीले स्वर्ण पदक जित्न सफल भए । निर्धारित दूरी तय गर्न टंकले ४ मिनेट ०१.९ सेकेन्ड समय लगाए । आर्मीकै उमेश मगरले रजत तथा एपीएफका सन्तोष विष्टले कांस्य जिते । यही स्पर्धामा महिलातर्फ आर्मीकी सरस्वती भट्टराईले स्वर्ण पदक जितिन् । सरस्वतीले ४ मिनेट ३६.० सेकेन्ड समय खर्चिन् । प्रदेश ३ की सन्तोषी श्रेष्ठ दोस्रो तथा एपीएफकी फुलमती राना तेस्रो भए ।

पुरुष लङजम्पमा आर्मीका डिल्ली खत्रीले स्वर्ण पदक जित्न सफल भए । उनले ६.९६ मिटर हाम फाले । प्रदेश ३ का भुवन महतो दोस्रो तथा प्रहरीका गोपाल चौधरी तेस्रो स्थानमा रहे । यही स्पर्धामा महिलातर्फ ५.२१ मिटर हाम्फालेर आर्मीकी कृष्णा चौधरी पहिलो भइन् । एपीएफकी शिला चौधरी दोस्रो तथा प्रदेश ५ की जयरानी चौधरी तेस्रो भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?