Comments Add Comment

विभागीय टिम एपीएफ क्लब प्रदेश ५ सँग पराजित

६ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा प्रदेश ५ ले जित हात पारेको छ ।

शुक्रबार खजुराको डि गाउँमा भएको खेलमा विभागीय टिम एपीएफ क्लब प्रदेश ५ सँग ३-२ गोल अन्तरले पराजित भएको हो । प्रदेश ५ को जितमा पूर्णबहादुर गुरुङ, विवेक पुन र सुज्ज सेनले समान एक-एक गोल गरे । यता एफपीएफका लागि आषिश लामा र प्रदिप लामाले गोल फर्काएका थिए ।

एपीएफले बनाएको अग्रतालाई जोगाउन नसक्दा हार ब्यहोरेको हो । एपीएफका लागि खेलको आठौं मिनेटमा आशिसले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । त्यस्तै २६ औँ मिनेटमा प्रदिपले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारे ।

खेलको ४०औं मिनेटमा प्रदेश पाँचका पुर्णबहादुरले गोल गर्दै २-१ गोलको स्थितिमा ल्याए । खेलको ४३ औँ मिनेटमा विवेकले गोल गर्दै प्रदेश ५ लाई बराबरीमा ल्याए । ७६ औँ मिनेटमा सन्जुले गोल गरेपछि प्रदेश ५ ले एपीएफलाई ३-२ गोलले स्तब्ध बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment