+
फिफा विश्वकप २०२६ :

दक्षिण अफ्रिकासँग बराबरीमा रोकियो चेक रिपब्लिक

२०८३ असार  ४ गते २३:५५ २०८३ असार ४ गते २३:५५

सोही समूहको अर्काे खेल मेक्सिको र दक्षिण कोरियाबिच शुक्रबार बिहान ७ बजेबाट सुरु हुनेछ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकपको समूह चरण अन्तर्गत दोस्रो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिका १–१ को बराबरीमा रोकिएका छन् ।
  • खेलको छैटौं मिनेटमा चेक रिपब्लिकले अग्रता लिए पनि ८३औं मिनेटमा दक्षिण अफ्रिकाका तेबोहो मोकोनाले पेनाल्टीबाट बराबरी गोल फर्काए ।
  • लगातार दोस्रो खेलमा जित निकाल्न नसकेका दुवै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ ।

४ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकिएको छ ।

एटलान्ट स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक बराबरीमा रोकिएको हो । खेलको छैटौं मिनेटमा चेक रिपब्लिकका मिचल सादिलेकले गोल गर्दै अग्रता दिलाएका थिए ।

लामो समय अग्रता कायम गरेको चेक रिपब्लिकले अन्तिममा पेनाल्टीमार्फत गोल खान पुग्यो ।

खेलको ८३औं मिनेटमा डिबक्सभित्र चेक रिपब्लिकका खेलाडीको हातले बललाई छोएपछि दक्षिण अफ्रिकाले पेनाल्टी पाएको थियो । जसलाई तेबोहो मोकोनाले सदुपयोग गर्दै बराबरी गोल फर्काएका हुन् ।

बल पोजिसन र सर्ट प्रहारमा दक्षिण अफ्रिका दबदबा रह्यो । खेलभर दक्षिण अफ्रिकाको बल पोजिसन ६१ प्रतिशत हुँदा चेक रिपब्लिकको ३९ प्रतिशतमा सिमित रह्यो ।

दक्षिण अफ्रिकाले १७ सर्ट प्रहार गर्दा ५ सर्ट मात्र ‘अन टार्गेट’ हुन पुग्यो । १२ सर्ट प्रहार गरेको चेक रिपब्लिकले ३ सर्टमात्र ‘अन टार्गेट’ हान्यो ।

सोही समूहको अर्काे खेल मेक्सिको र दक्षिण कोरियाबिच शुक्रबार बिहान ७ बजेबाट सुरु हुनेछ ।

पहिलो खेलमा पराजित भएका दुवै टोली दोस्रो खेलमा बराबरीमा रोकिँदा नकआउट चरणमा पुग्ने सम्भावनामा धक्का लागेको छ ।

समूह ‘ए’ मा मेक्सिको र दक्षिण कोरिया एक खेलबाट समान ३ अंक जोडेका छन् । दक्षिण अफ्रिका र चेक रिपब्लिक दुई खेलबाट समान एक अंक जोडेका छन् ।

चेक रिपब्लिकसँग बराबरीपछि खेलेपछि दक्षिण अफ्रिका प्रशिक्षक ह्युगो ब्रुसले टोलीको प्रदर्शनमा गर्व लागेको बताए । ‘हामी राम्रो फुटबल मन पराउँछौं । हामी आक्रामक छौं । हामी अवसरहरू सिर्जना गर्छौ । हो, हामीले गल्ती ग¥यौं । तर म आजको प्रदर्शनमा धेरै गर्व गर्छु । चेक रिपब्लिक शक्तिशाली छ । हामीले धेरै राम्रो ग¥यौं,’ खेलपछि ब्रुसले भने ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय