+
फिफा विश्वकप २०२६ :

पहिलो हाफमा क्यानडा तीन गोलले अघि

२०८३ असार  ५ गते ४:३८ २०८३ असार ५ गते ४:३८

क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा जारी खेलको पहिलो हाफमा क्यानडाले ३–० को अग्रता लिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप–२०२६ अन्तर्गतको खेलमा घरेलु टोली क्यानडाले कतारविरुद्ध पहिलो हाफमा ३–० को अग्रता लिएको छ।
  • क्यानडाका लागि जोनाथन डेभिडले दुई तथा साइले लारिनले एक गोल गरे।
  • खेलको ३३औं मिनेटमा हमाम अहमदले रातो कार्ड पाएपछि कतार १० खेलाडीमा सीमित भएको छ।

५ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गतको खेलमा घरेलु टोली क्यानडाले पहिलो हाफमा कतारविरुद्ध तीन गोलको अग्रता लिएको छ ।

क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा जारी खेलको पहिलो हाफमा घरेलु टोलीले ३–० को अग्रता लिएको हो ।

खेलको १६औं मिनेटमा साइले लारिनले गोल गर्दै क्यानडालाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि जोनाथन डेभिडले २९औं मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

३३औं मिनेटमा हमाम अहमद रातो कार्ड मैदानबाट बाहिरिएपछि कतार १० खेलाडीमा सिमित छ ।

पहिलो हाफको इन्जुरी समयमा जोनाथनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रतालाई तेब्बर बनाए ।

पहिलो हाफमा क्यानडाले कतारलाई दबाबमा राख्न सफल भएको छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय