Comments Add Comment

कोहलीको शतकमा बैंग्लोर विजयी

७ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सविरुद्ध लगातार पाँच हारपछि रोयल च्यालेन्जर्स बैंग्लोरले पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा विराट कोहली कप्तानीको बैंग्लोरले कोलकातालाई उसकै मैदानमा १० रनले हरायो ।

इडन गार्डनमा २१४ रनको लक्ष्य पछ्याएको कोलकाताले पाँच विकेटको क्षतिमा २०३ रनमात्र बनाउन सक्यो ।

उसका लागि नितिश राणाले ४६ बलमा ९ चौका र पाँच छक्काको सहयोगमा नटआउट ८५ तथा आन्द्रे रसेलले २५ बलमा दुई चौका र ९ छक्काको सहयोगमा ६५ रन बनाएका थिए । बैंग्लोरका डेल स्टेनले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले २१३ रन बनाएको थियो । उसका लागि विराट कोहलीले ५८ बलमा ९ चौका र चार छक्काको सहयोगमा १०० रन बनाएका थिए । यसैगरी मोइन अलीले पाँच चौका र ६ छक्काको सहयोगमा ६६ रन योगदान गरे ।

कोलकाताविरुद्ध लगातार पाँच हारपछि बैंग्लोरको यो पहिलो जित हो । उसले अघिल्लो पटक सन् २०१६ मा जित निकालेको थियो । शुक्रबार रातिको जितसँगै बैंग्लोरले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । अन्तिम ४ मा स्थान बनाउनका लागि उसले बाँकी पाँच खेल पनि जित्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment