Comments Add Comment

ब्याडमिन्टनमा एपीएफका दुई जोडी फाइनलमा

६ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको मिश्रित युगलतर्फको खेलमा एपीएफका दुई जोडी फाइनल प्रवेश गरेका छन् ।

एपीएफका पूजा श्रेष्ठ र दिपेश धामीको जोडी तथा जेशिका र गौतम सिंह कठायतको जोडी फाइनल प्रवेश गरेका हुन् । श्रेष्ठ र धामीको जोडीले आर्मीका अमिता गिरी र नविन श्रेष्ठको जोडीलाई १६–२१, २१–९ र २१–११ ले पराजित गर्न सफल भए । त्यस्तै, गुरुङ र कठायतको जोडीले आर्मीकै अनुमाया राई र रत्नजित तामाङको जोडीलाई १०–२१, २१–१९ र २१–१७ सेटमा पराजित गर्न सफल भए ।

यस्तै पुरुष एकलतर्फ आर्मीका रत्नजित तामाङले सुदूरपश्चिमाञ्चलका प्रिन्स दाहाललाई २१–११, २१–९ को सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।
उनले अब फाइनलमा स्वर्ण पदकका लागि एपीएफका दिपेश धामीसँग प्रतिस्पर्धा गर्ने छन् । यता, दिपेशले भने प्रदेश एक का पूर्व नम्बर १ खेलाडी विकास श्रेष्ठलाई २१–११, २१–१५ ले पाखा लगाए ।

दाङको घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलको फाइनलमा आर्मीका दुबै खेलाडी नङ्शलदेवी तामाङ र रशिला महर्जनले प्रतिस्पर्धा गर्ने भएका छन् ।

पहिलो सेमिफाइनलमा नङ्शलले प्रदेश १ की सीता राईलाई २१–१७, २१–९ ले र रशिलाले आफ्नै क्लबकी अनुमाया राईलाई २१–१७, २१–१८ ले हराउँदै उपाधी नजिक पुगेका हुन् ।

पुरुष जोडीतर्फ एपीएफका दिपेश धामी र विजित थापामगरको जोडीले एपीएफका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीलाई २१–१३ र २१–१२ ले पराजित गर्दै आर्मीका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीसँगको भेट पक्का गरेको छ । तामाङ र श्रेष्ठको जोडीले आर्मीकै पविन लिनथेप र रुकेश महर्जनको जोडीलाई २१–११ र २१–१९ ले पराजित गरे ।

महिला युगलतर्फ सेनाका नङ्शलदेवी तामाङ र अनुमायाको जोडीले प्रदेश १ का सिता राई र सिमा राजबंशीको जोडीलाई २१–१२ र २१–१८ को सेटमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका छन् । अब फाइनलमा एपीएफका पुजा श्रेष्ठ र जेशिका गुरुङको जोडीसँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ । पुजा र जेशिकाको जोडीले आर्मीका अमिता गिरी र रशिला महर्जनको जोडीलाई २१–१६, २१–१८ पराजित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment