Comments Add Comment

मह जोडीलाई वसुन्धराश्री र मानश्री पुरस्कार

काठमाडौं । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)लाई वसुन्धराश्री र मानश्री पुरस्कार दिने वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठानले निर्णय गरेको छ ।

वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा ६ वैशाखमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ र सम्मान पत्र छ ।

बैठकले नेपाली हास्यव्यंग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रंगमञ्च र हास्यव्यंग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरे वापत मदनकृष्णलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी नेपाली कला र रंगमञ्चका क्षेत्रमा आफ्नो अलग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गरेका हरिवंश आचार्यलाई वि.सं. २०७६ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment