Comments Add Comment

पूर्वसांसद वीपी यादव पक्राउ, कीर्ते गरेर उपभोक्ता समिति बनाएको आरोप

५ वैशाख, सप्तरी । सांसद छँदा रातो पासपोर्ट काण्डमा मुछिएका विपी भनिने विश्वनाथप्रसाद यादव अर्काे नक्कली काण्डमा मुछिएका छन् । नक्कली उपभोक्ता समिति बनाएको आरोपमा उनी बिहीबार पक्राउ परेका छन् ।

नक्कली उपभोक्ता समिति बनाएको प्रकरणमा सोधपुछका लागि नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र विष्टले बताए । प्रदेश २ सरकारद्वारा सञ्चालित योजनाको रकम एकलौटी रुपमा लिने उद्देश्यले उनले नक्कली उपभोक्ता समिति बनाएको आरोप लागेको छ ।

२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनपछि मधेशी तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका समानुपातिक सांसद रहेको बेला सांसद साह रातो पासपोर्ट काण्डमा मुछिएका थिए । हाल उनी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय सदस्य छन् ।

२५ लाखको योजना ल्याउन कीर्ते गरेर समिति गठन !

प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयबाट योजना लिन नक्कली उपभोक्ता समिति बनाएको आरोप यादवमाथि छ । राजपाकै नेता जितेन्द्र सोनलले नेतृत्व गरेको उक्त मन्त्रालयबाट सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडकमा माटो तथा ग्राभेल गर्न उनले योजना ल्याएका थिए ।

तर उपभोक्ता समिति गठन गरी योजना कार्यान्वयन गर्नुपर्ने नियम भएपछि गाउँपालिकाको नक्कली लेटर प्याडमा समिति बनाएको देखिएको प्रहरीको भनाइ छ ।

त्यही उपभोक्ता समितिलाई आधार बनाएर राजविराजस्थित पूर्वाधार विकास कार्यालयमा उक्त योजनाको सम्झौता भएको छ । २५ लाख रुपैयाँको योजनामा नक्कली समितिमार्फत बैंक खातासमेत खोलेर काम शुरु गर्दा स्थानीय बासिन्दाले कुन निकायबाट काम भइरहेको हो भनेर सोधपुछ गर्दा यादवले नक्कली उपभोक्ता समिति बनाएको खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment