Comments Add Comment

‘छपक’ गेटअपमा तयार हुन दीपिकालाई ४ घण्टा

कुनै दोस्रो व्यक्तिको हुलियामा आफुलाई दुरुस्तै उतार्न सजिलो पक्कै हुन्न । अहिले बलिउड अभिनेत्री दीपिका पादुकोण यस्तै असहज काम गरिरहेकी छिन् ।

उनी ‘छपक’ नामक चलचित्रको मूख्य चरित्र निर्वाह गर्दैछिन् । यो एक एसिड आक्रमणबाट पीडित महिलाको कथामा आधारित चलचित्र हो । यसका लागि दीपिकाले आफुलाई त्यही रुपमा ढाल्नुपर्ने हुन्छ, जो एसिड आक्रमणमा पीडित देखिन्छन् ।

भनिन्छ, ति युवती जस्तै हुलिया बनाउनका लागि दीपिकालाई छायांकनअघि  ४ घण्टा लाग्ने गर्छ ।

छायांकनमा जानु पूर्व निर्माण युनिटले चलचित्रको एक पोस्टर सार्वजनिक गरेको थियो । दीपिका फिचर्ड उक्त पोस्टरमा दीपिकाकको हुलिया कतिसम्म फरक थियो भने, उनी दीपिका नै हुन् भनेर पत्याउन गाह्रो हुन्थ्यो । अर्थात उक्त भूमिकाका लागि दीपिकाले आफुलाई लुकाएकी छिन् र अर्कै पात्रमा आफुलाई रुपान्तरण गरेकी छिन् ।

झट्ट हेर्दा वास्तवमै उनी एसिड पीडित देखिन्थे । त्यसो त, यही दीपिकाको लुक्स नै काफी भयो फिल्म चर्चाको लागि । जसै दीपिकाको लुक्स सार्वजनिक गरियो, त्यसले बलिउडमा तरंग पैदा गर्‍यो ।

दीपिकालाई उक्त लुक्समा बदल्नका लागि निकै मेहनत गरेकी छिन् ।

एसिड पिडित अनुहार बनाउन धेरै समय र मेहनत लाग्ने बतायन्छ । एसिड पीडितको दुरुस्तै रुप बनाउनका ३ देखि ४ घण्टसम्मको समय लाग्छ । मेकअप गर्न मात्र होइन, मेकअप उतार्न पनि कम सास्ती र झन्झट छैन । दीपिकालाई मेकअप हटाएर सामान्य अवस्थामा आउन २ घण्टा बढी समय लाग्छ ।

एसिड पीडित लक्ष्मीको कथा

लक्ष्मी अग्रवालको जीवनमा आधारित कथा हो, छपक । लक्ष्मी जतिबेला १५ बर्षकी थिइन्, त्यहीबेला उनलाई एक ३२ बर्षका युवाले विवाहका प्रस्ताव राखे । तर, लक्ष्मी विवाहको मुडमा थिइनन् र उमेर पनि पुगेकै थिएन । त्यसमाथि आफुभन्दा दोब्बर उमेरका पुरुषसँग ।

अन्ततः लक्ष्मीले विहेको प्रस्ताव अस्विकार गरिन् । तर, यतिमै उनको दसा टरेन । ति व्यक्तिले आफ्ना भाई र भाईकी गर्लफ्रेन्डसँग मिलेर एसिड फ्याकिदिने योजना बनाए । जब लक्ष्मी विद्यालयबाट र्फकदै थिइन्, उनीहरुले एसिड मिल्काइदिए । त्यसपछिका दिन लक्ष्मीका लागि कस्तो बन्यो ? उनले आफुलाई कसरी सम्हालिन् ? वर्तमानको पीडा र भविष्यको चिन्ताबीच उनको दिनहरु कसरी गुजि्रए ? यही कथा छ फिल्म छपकमा । अतः यसका लागि दीपिकाले आफुलाई एसिड पीडित युवतीको रुपरंगमा पेश गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment