Comments Add Comment

आठौं राष्ट्रिय खेलकुद : भलिबलमा आर्मी र एपीएफ विजयी

६ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा विभागीय टिम आर्मी र एपीएफ क्लब विजयी भएका छन् ।

बाँकेको बाँकेको खजुरास्थित शुक्र भलिबल स्टेडियममा शुक्रबार भलिबलतर्फको समूह ए मा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो सेट गुमाएको आर्मीले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै जीत हात पारेको हो । आर्मीले २२–२५ ले पहिलो सेट गण्डकीलाई सुम्पिएको थियो । त्यसपछि २५–१८, २५–२१ र २५–१४ को सेटमा पराजित गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो ।

त्यस्तै, समूह बी को खेलमा एपीएफ क्लबले प्रवेश पाँचलाई सोझो सेटमा पराजित गरेको छ । एपीएफले प्रदेश पाँचलाई २५–९, २५–७ र २५–१३ को स्कोरमा पराजित गरेको हो ।

आजै भएको महिलातर्फको खेलमा समूह ए को एपीएफ क्लबले प्रदेश एक लाई सोझो सेटमा हराउन सफल भयो । एपीएफले २५–४, २५–९ र २५–१० को सेटमा पराजित गरेको हो । त्यस्तै, महिलातर्फकै समूह बी को खेलमा प्रदेश तीनले प्रदेश दुई लाई सोझो सेटमा सहजरुफमा पराजित गरेको छ । प्रदेश तीनले प्रदेश दुई लाई २५–९, २५–७ र २५–१३ को सेटमा पराजित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment