
८ बैशाख, काठमाडौं । प्रभु बैंक लिमिटेडले काठमाडौंमा साँखुमा आफ्नो शाखा विस्तार गरेको छ । शाखा सञ्जालविस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले आइतबारदेखि शंखरापुर नगरपालिका–७साँखुमा शाखा स्थापना गरिएको बैंकले जनाएको छ ।
शंखरापुर नगरपालिकाका मेयर मेयर सुवर्ण श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे । बैंकको साँखु शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको उपस्थिति भएको बैंकद्वारा विज्ञप्तिमा उल्लेख छ ।
शाखा उद्घाटनपछिको कार्यक्रममा मेयर श्रेष्ठले प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा बैंकलाई धन्यवाद दिए ।
साथै उनले आफ्ना नगरबासीहरुलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आफ्नो आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् गरी गुणस्तरीय बैंकिङ्ग सेवाको लाभ लिन आग्रह गरे ।
साथै उक्त कार्यक्रममा प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत शेरचनले बैकले कृषि, उद्योग र पर्यटन क्षेत्रमा लगानी बढाउने उद्देश्यका साथ बिभिन्न सहुलियत पुर्ण कर्जाहरु प्रदान गर्दै आइरहेको हुँदा कृषि, उद्योग र पर्यटनको प्रचुर संभावना बोकेको साँखु क्षेत्रका स्थानिय बासिन्दाहरुलाई यस बैकबाट प्रदान गरीने बिभिन्न कर्जा सुविधा लगायतका अन्य अत्याधुनिक सेवाहरु उपभोग गरी लाभ लिन आग्रह गरे ।
आइतबारदेखि सञ्चालनमा आएको प्रभु बैंकको साँखु शाखा कार्यालयबाट त्यहाँका सर्वसाधारण, विभिन्न फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा उपभोग गरी लाभान्वित हुने बैंकको अपेक्षा छ ।
प्रतिक्रिया 4