Comments Add Comment

सर्वेन्द्र खनालको प्रश्न- सबै बिगारेको आईजीपीले हो ?

विप्लव समूहबारे भने– ‘कोको समातिन्छन् हेर्दै जानुस्’

Photo Credit : विकाश श्रेष्ठ/अनलाइनखबर । पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ।

९ वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले हरेक घटनामा आफूलाई दोषारोपण गरेको गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमबार आयोजित पत्रकार भेटघाटमा सबैबाट आशा गरिएका व्यक्तिले काम गर्न नसकेको हो भन्ने प्रश्नमा आईजीपी खनालले प्रति प्रश्न गरे, ‘सबै बिगारेको आईजीपीले हो ?’

खनालले सबै प्रहरी महानिरीक्षकले विगारेको भन्ने कुरा तर्कसंगत नहुने दाबी गरे । आईजीपी खनालले जनताले अपेक्षा गर्नु राम्रो भएको भन्दै काम गरिरहेको दावी गरे ।

‘मेरो समय सकिएको छैन । अझै बाँकी पनि छ,’ उनले भने । काम गरिरहेको भन्दै उनले प्रहरी संगठनभित्र गैरव्यवसायिक चरित्रकालाई कारबाही र आन्तरिक शुद्धिकरणसमेत गरेको बताए ।

निर्मला हत्या प्रकरणमा केही कमजोरी भएको स्वीकार गर्दै उनले कमजोरी गर्र्नेलाई कारबाही गरिसकेको बताए । अहिले पनि काम भइरहेको भन्दै उनले परिणाम आउने दावी गरे ।

रामबहादुर बम्जन प्रकरणका विषयमा पनि अहिले पनि अनुसन्धान भइरहेको भन्दै प्रमाण भेटिए एक्सनमा जाने प्रतिबद्धता व्यक्त गरे ।

अहिले नयाँ–नयाँ प्रविधि र शैलीबाट अपराध हुन थालेको भन्दै उनले त्यसको अनुसन्धानका लागि स्रोतसाधन प्रर्याप्त नहुँदा समस्या भएको बताए ।

यो पनि पढ्नुहोस यो चाहियो भन्दै एसएमएस पनि गरेः खनाल

प्रहरी संगठनप्रतिको नकरात्मक धारणालाई शून्यमा झार्ने उनले दाबी गरे । ‘मूलभूत रुपमा संगठनमा यस्तो थियो भन्ने नेगेटिभ धारणालाई न्यून मात्रै होइन जिरो बनाउन चाहन्छौ । संगठन र संगठन प्रमुखको घारणा यही हो ।’

उनले आफूले सुरुवात् गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रममा सक्रिय सहभागिता भइरहेको महसुस गरेको बताए । ‘अपराध नियन्त्रण र अनुसन्धानमा समुदायको सहयोगविना प्रहरीले मात्रै केही गर्न सक्दैन’, उनले भने ।

काठमाडौं उपत्यकाको सवारी जामको व्यवस्थापनका लागि पनि ट्राफिक प्रहरीसँगै महानगर, सडक विभाग लगायतसँगसँगै अघि जानुपर्ने उनले बताए ।

आफूले पारदर्शी हुन चाहेको दाबी गर्दै उनले राम्रो हुनका लागि नराम्रो के हो भन्ने पनि छुट्टाइदिन आग्रह गरे ।

‘म अरु संगठनको कुरा गर्न चाहन्न तर, पछिल्लो पङ्तीमा म पनि छु जस्तो लाग्दैन’, खनालले भने, ‘सकरात्मक विषयमा पनि नकारात्मक धेरै हुँदा गर्न खोजको ठाउँसम्म पुग्न सकिँदैन ।’

विप्लव समूहबारे भने– कोको समातिन्छन् हेर्दै जानुस्

प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहप्रति नेपाल प्रहरीको नीतिबारे सोधिएको प्रश्नमा खनालले विध्वंसात्मक काम गर्ने जुनसुकै व्यक्ति वा समूहलाई नियन्त्रणमा ल्याउने दाबी गरे ।

समूहका महासचिवको नामै लिएर पत्रकारले गरेको प्रश्नमा भने खनालले विषयान्तर गर्दै भने, ‘कोको समातिन्छन् हेर्दै जानुस् । बाहिर बसेकालाई पनि ल्याउँछौं ।’

खनालले आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय समुदायसँग पनि नेपाल प्रहरीको राम्रो सहकार्य भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment