
९ वैशाख, काठमाडौं । आफ्नो कार्यकालको एक वर्ष पूरा भएको अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित ‘प्रेस मिट’ कार्यक्रममा प्रहरी महारिनीक्षक सर्वेन्द्र खनालले पत्रकारहरूसँगै गुनासो गरेका छन् ।
कार्यक्रमको सुरुवाती चरणमा आफ्नो छोटो मन्तव्य राख्दै प्रश्नोत्तरका लागि समय दिएका खनाललाई सञ्चारकर्मीहरुले गुनासोयुक्त प्रश्न सोधे । सहभागी एक पत्रकारले सर्वसाधारणको अपेक्षा अनुरुप आईजीपी खनालले काम गर्न नसकेको बताएपछि उनले जवाफमा भने, ‘मप्रति अपेक्षा राख्नु राम्रो हो । मेरो समय सकिएको छैन । बाँकी छ ।’
उनले आफू पहिले आन्तरिक शुद्धीकरणमा जुटेको बताए । त्यसपछि पत्रकारसँग उनको सम्बन्धबारे सोधिएको प्रश्नमा उनले ‘केही पत्रकारले यो चाहियो, ऊ चाहियो’ भनेर भनेको दाबी गरे ।
आफूलाई त्यसरी माग गर्दै एसएमएस आएको उनको दाबी थियो । तर, उनले को पत्रकार थिए भन्ने बताउन चाहेनन् ।
कार्यक्रमको अन्तिममा एक पत्रकारले त्यसरी ‘ब्ल्याकमेलिङ’ गर्न खोज्ने पत्रकारको नाम सार्वजनिक गर्न पनि आग्रह गरे । तर, खनालले भने त्यो व्यक्ति सभाहलमा उपस्थित नभएको बताए ।
प्रतिक्रिया 4