Comments Add Comment

यसपालिको पलेँटीमा तीन दिन छन्द कविता सुनाइने

९  वैशाख, काठमाडौं । सांगीतिक प्रस्तुति पलेँटीमा यसपाली नेपाली छन्द कविता सुन्न पाइने भएको छ । कुनै बेला नेपाली साहित्यको मेरुदण्ड नै मानिने छन्द विधा पछिल्लो समय सिमित लयप्रेमी बीच साँघुरिएका बेला पलेँटीले छन्दवद्ध कविता सुनाउन लागेको हो ।

पलेँटीमा सोमनाथ सिग्ध्याल, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे लगायतका प्रसिद्ध कविहरूका रचना वाचन गर्ने तयारी भएको संगीतकार अभासले जानकारी दिएका छन् । साहित्यमा क्रियाशील भूषिता वशिष्ठले स्वेच्छाले तयार परिरहेको छन्दको अभिलेख सामाजिक सञ्जालमा वाचन गरेको सुनेपछि, उनीमार्फत नै पलेंटीमा छन्द कविता प्रस्तुत गर्न लागिएको हो ।

‘छन्द कविता मात्रिक अथवा मेट्रिक कविता हो’ भूषिता भन्छिन् ‘जुन विधाले साधारणतया प्राज्ञिकता भन्दा उत्साह र उमंगलाई पछ्याउँछ’ ।अँग्रेजीमा रहेका आयंबिक र डायक्टल मिटर जस्तै नेपालीमा पनि गति, ताल र लयकारीको उतार चढाव बोकेका विभिन्न मात्रा र छन्द रहेका छन् । नेपाली छन्द कविताको परम्परामा सयौं प्रकारका मात्रा अथवा मिटर रहेका छन्, ‘ भूषिता भन्छिन् ।

‘छन्द कवितासँग सांगीतिक सहकार्य गर्ने अवसर जुरेकोमा खुशी छु ‘संगीतकार आभासले भने ‘छन्दसँगको सामान्य चिनारीको विगतभन्दा यसपाली भिन्दै अनुभूति भइरहेको छ; यो मेरालागि नौलो अनुभव हो ।’

छन्द पलेँटीको प्रस्तुति यही अप्रिल महिनाको २६, २७, २८ तारिख साँझ कालिकास्थान स्थित नेपालयको कार्यक्रम स्थल ‘आर’ शालामा हुनेछ । कार्यक्रमको टिकेट बुकिङ पलेँटीको सामाजिक संजाल, नेपालय र www.thrupai.com  मार्फत् गर्न सकिने कुरा नेपालयले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment