Comments Add Comment

मानवअधिकार आयोगको कार्यालयमा प्रहरी घेराबन्दी !

९ वैशाख, नेपालगञ्ज । विप्लव समूहको कार्यकर्ता भएको आरोपमा पक्राउ परेका कोहलपुर ११, बाँकेका दानबहादुर फडेरालाई जिल्ला अदालतले साधारण तारेखमा छोड्यो ।

तर, अदालत परिसरमै धरपडक गर्न खोजेपछि फडेराले मानवअधिकार आयोगलाई गुहार्‍यो । अदालत नजिकै बाँके गाउँ पिपलचौतारामा रहेको कार्यालयबाट टोली अनुगमनका लागि गयो । फडेराले आफू सुरक्षाकै कारण घर जान नसक्ने र आफ्ना कुरा राख्ने बताएपछि आयोगको कार्यालयमा ल्याइयो ।

पूर्व लडाकू फडेराले आफू विप्लव समूहप्रति आस्था राख्ने भएपनि सक्रिय नभएको बताएका छन् ।

तर, एकाएक प्रहरीले आयोगकै कार्यालय घेरा हाल्यो । राति करिव साढे १० बजे डीएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीले आयोग कार्यालयको गेटमा आएर ढोका खोल्न दबाव दिनुका साथै कार्यालय परिसर घेराबन्दीमा राख्यो ।

आयोगको नेपालगञ्ज कार्यालयका प्रमुख कार्यालय परिसरमै बस्ने भएकाले फडेरा जोगिए ।

तर, प्रहरीले आयोगको कार्यालय घेराबन्दी गर्न छाडेन । सूचना अधिकारी द्धारिकाकुमारी अधिकारीकाअनुसार सोमबार दिउँसोसम्म आयोगको कार्यालय परिसरमा प्रहरीको उपस्थिति थियो । फडेरा अहिले पनि कार्यालयमै छन् ।

प्रमुख जिल्ला अधिकारीको रोहबरमा फडेरालाई छोड्न प्रयास भए पनि सोमबार सम्भव भएन ।

आयोगको आपत्ति

अदालतले तारेखमा छाडेका व्यक्तिलाई लिएर प्रहरीले कार्यालय नै घेराउ गरेपछि मानवअधिकार आयोगको नेपालगञ्ज कार्यालयले केन्द्रीय कार्यालयमा खबर ग¥यो । आयोगले कार्यालय घेराबन्दी गर्नु र कार्यालय प्रमुखलाई दबाव दिनु आयोगको स्वतन्त्रता, स्वायत्तता र मर्यादामाथि ठाडो अस्तक्षेप भएको बताएको छ ।

आयोगले फडेरालाई सकुसल घर फिर्ता पठाएरु परिवारको जिम्मा लगाएर आफूलाई जानकारी दिन प्रमुख जिल्ला अधिकारी र बाँके प्रहरी प्रमुखलाई निर्देशन दिएको छ ।

साथै डीएसपी सिंहको कामकारबाही र व्यवहारबारे छानविन गरी विभागीय कारबाही गर्न र यस्ता घटना दोहोरिन नदिन प्रहरी महानिरीक्षकलाई निर्देशन दिएको छ ।

आयोगले फडेरा र उनको परिवारका सदस्यलाई मानसिक वा अन्य यातना नदिन समेत प्रहरीलाई सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment