+
+
Shares

कस्तो बन्यो ‘वीर विक्रम २’ को फस्टलुक ?

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १० गते ११:५९

चलचित्र ‘वीर विक्रम २’को फस्टलुक सार्वजनिक गरिएको छ । जेठको ३ गतेबाट रिलिज हुन लागेको चलचित्रको फस्टलुकमा मुख्य कलाकारहरुलाई समावेश गरिएको छ । चलचित्रको फस्टलुक रंगिन छ । चलचित्रको फस्टलुकमा नायक पल शाह, नाजिर हुसेन, नायिका बर्षा सिवाकोटी र कलाकार वुद्दि तामाङलाई फिचरिङ गरिएको छ ।

चलचित्र ‘वीर विक्रम २’लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । यो चलचित्रले वीर र विक्रमको कथालाई प्रस्तुत गरेको छ । चलचित्रमा नायक बुद्दि तामाङलाई खलपात्रको रुपमा देखाइएको छ । चलचित्रका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । चलचित्र ‘विर विक्रम २’को ट्रेलर बैशाख १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘एभेन्जर्स’सँगै हलमा प्रदर्शन हुने निर्माणपक्षले बताएको छ ।

चलचित्रमा समावेश ‘पिरतीको मिठो तिर्सना र बाचा कसम’ सार्वजनिक भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?