Comments Add Comment

दीपक भन्छन्–‘छक्का पन्जा २’को सबै गाली मलाई गर्नोस्’(भिडियो कुराकानी)

चलचित्र ‘छक्का पन्जा २’ फेरि रिलिज गर्ने तयारी गर्दै गर्दा निर्माता दीपकराज गिरी र उनको टिमलाई दर्शकले गाली गरिरहेका छन् । निर्माता दिपकराज गिरी यो सबै योजनाको योजनाकार आफू भएको भन्दै गाली आफूलाई नै गर्न दर्शकसँग आग्रह गर्छन् । युटुबमा चलचित्र नहालेर फेरि रिलिज गर्न लागेको भन्दै उनलाई ‘लोभी’ भन्नेहरुको पनि कमी छैन ।

अनलाइनखबरको ‘ओके सेलिब्रिटी शो’मा कुरा गर्दैै दिपकले भने–‘अहिलेको यूवापुस्तालाई कुनै पनि चलचित्रको ‘रिपिट भ्यालू’ भन्ने थाहा नहुन सक्छ । तर, चलचित्रको रिपिट भ्यालू भन्ने पनि हुन्छ । नेपाली चलचित्रको रिपिट भ्यालू बन्द भएको धेरै भएको छैन ।’

यता, कलाकार केदार घिमिरेले भने–‘हलमा झिंगा पनि आउन छाडेपछि २ महिना अगाडि हल संचालकहरुले ‘छक्का पन्जा २’ भएपनि लगाउन आग्रह गर्नुभएको थियो । हामीलाई पनि यसपछि सोच आएको हो ।’ चलचित्र ‘छक्का पन्जा २’का केही दृश्यहरुलाई काटेर चुस्त बनाइएको दिपकले भने । उनले भने–‘नेपाली चलचित्र हलमा नभएको बेलामा फेरि पनि दर्शकलाई हाँसौ न त भन्ने सोच आउन सक्छ । बिदाको मुडमा दर्शकलाई चलचित्र हेर्ने बानी पनि बस्न सक्छ । फेरि, यसको पैसा राम्रो कामका लागि पनि जान्छ ।’

उनले युटुबमा चलचित्र हाल्न हुँदैन भन्ने सोचमा आफू नभएको बताए । तर, चाडै युटुबमा हाल्न नहुने उनको भनाई छ । ‘छक्का पन्जा २’लाई चुस्त बनाइएको भन्दै केदारले भने–‘जे कुरालाई छक्का पन्जा २ लाई छक्का पन्जा १ भन्दा कमजोर बनाएको थियो । ती दृश्य काटेर चुस्त बनाइएको छ ।’

निर्माता तथा कलाकार दिपकराज गिरीले सबै दर्शकले हलिउड चलचित्र ‘एभेन्जर्स’ नहेर्ने बताए । उनले, नेपाली चलचित्र हेर्ने दर्शकले आफूहरुको चलचित्र रिपिट चल्दा पनि हेर्ने दाबी गरे । उनले अगाडि भने–‘एकदिन नेपाली चलचित्र बलिउडका खानसँग जुध्ने पावर राख्नुपर्छ । एभेन्जर्स आयो भन्दैमा नेपाली चलचित्र भाग्नुपर्छ भन्ने छैन ।’ कलाकार केदार घिमिरेले नेपाली चलचित्रकर्मीले नै राजनीति गरेको देख्दा भने आफूलाई दुःख लाग्ने सुनाए ।

वैशाख १३ गतेबाट चलचित्र ‘छक्का पन्जा २’ रि–रिलिज हुँदैछ । यसको व्यापारले आजको दिनमा चलचित्रको रिपिट भ्यालूको अर्थ केलाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment