
११ बैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ब्याजदरका विषयमा गम्भीर हुन सरकारलाई आग्रह गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेटका लागि नेपाल राष्ट्र बैंकलाई निजी क्षेत्रको तर्फबाट सुझाव दिँदै यस्तो बताएका हुन् । उत्पादनशील क्षेत्रमा ठूलो लगानी बढाउनु पर्ने भन्दै उनले यसको ब्याजदर एकल अंकमा समावेश गर्नु पर्ने बताए ।
उनले कर्जाको र निक्षेपको ब्याजदर बीचको अन्तर (स्प्रेड रेट) तीन प्रतिशतमा झार्नु पर्ने बताए । पुनर्कर्जाको सीमा पनि एक खर्ब बनाउन उनले आग्रह गरे ।
‘कस्ट अफ डुइङ विजनेश’ पनि चुनौतीको रुपमा रहेको भन्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले यस विषयमा गम्भीर बन्न सुझाए । नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले पनि ‘कस्ट अफ डुइङ विजनेश’ उच्च भएको भन्दै घटाउन आग्रह गरे ।
शर्माले वर्षेनी देखिने गरेको तरलता समस्या समाधान गरिनुपर्ने बताए । पुँजी अभावमा कारण लगानीमा समस्या भएको भन्दै उनले आगामी बजेटमा यो विषयलाई यसलाई सम्बोधन गरिनुपर्ने बताए । उनले ‘कस्ट अफ डुइङ विजनेश’ घटाउनु पर्नेमा जोड दिए ।
प्रतिक्रिया 4