Comments Add Comment

एनआईसी एशिया बैंकद्वारा एकैसाथ ५ नयाँ शाखाको उद्घाटन

११ बैशाख, काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

मध्यपुर थिमी नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष ईन्द्र बहादुर प्रजापतिले भक्तपुर स्थित पुरानो थिमी शाखाको उद्घाटन गरे ।

कागेश्वरी मनोहरा नगरपालिका गोठाटारस्थित गोठाटार शाखाको कृष्णहरि थापाले उद्घाटन गरे भने सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ का वडाअध्यक्ष कमलनाथ आचार्यले बालकोट शाखाको उद्घाटन गरे ।

सतुंगलचोकस्थित सतुंगलचोक शाखाको चन्द्रांगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले उद्घाटन गरे । बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ बारा स्थित फेटा शाखाको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले उद्घाटन गरे ।

बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment