Comments Add Comment

निसान मोटर्सका पूर्वअध्यक्षसँग ४.५ मिलियन डलर धरौटी माग

Photo Credit : Photo- REUTERS/Issei Kato

१२ वैशाख, काठमाडौं । निसान मोटर्सका पूर्वअध्यक्ष कार्लोस घोससँग जापानको अदालतले ४.५ मिलियन डलर धरौटी मागेको छ ।

टोक्योको अदालतद्वारा जारी विज्ञप्ति अनुसार उनीसँग ५ सय मिलियन जापानिज ऐन (४.५ मिलियन डलर) धरौटी माग गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

उनी भ्रष्टाचार आरोपमा पक्राउ पर्दै र छुट्दै आएका छन् । कम्पनीको कम आम्दानी देखाएर भ्रष्टाचार गरेको आरोपमा पहिलो पटक पक्राउ परेका थिए । १९ नोभेम्बर सन् २०१८ मा पक्राउ परेका उनी १०८ दिन जेलमा बसेपछि ६ मार्च २०१९ मा सशर्त धरौटीमा रिहा भएका थिए । त्यसको २८ दिनपछि फेरि उनलाई विश्वासघातको आरोपमा घरबाटै पक्राउ गरिएको थियो ।

यो पनि पढ्नुहोस निसान मोटर्सका पूर्वअध्यक्ष कार्लोस घोस पुनः पक्राउ

कार्लोसले भने आफूमाथि लगाइएका सबै आरोपहरुको खण्डन गर्दै आएका छन् ।

कार्लोस घोस फ्रान्सको अटो कम्पनी रेनोको पनि अध्यक्ष र कार्यकारी प्रमुख अधिकृत (सीईओ) थिए । कार्लोस जापानका टप सीईओहरुमध्ये एक हुन् ।

सन् १९९९ मा रेनोले निसानको शेयर खरिद गरेको थियो । त्यसपछि कार्लोस निसानसँग जोडिए र सन् २००१ मा सीईओ बन्न सफल भए । निसान कम्पनी धरासायी हुनबाट जोगाएको श्रेय कार्लोसलाई नै जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment