
१२ वैशाख, काठमाडौं । सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाएको छ ।
वैशाख ५ र १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए ।
सरकारले आवश्यकता महसुसस गरी राजदूत कोइरालालाई फिर्ता बोएको मन्त्री बाँस्कोटाले बताए । अहिलेसम्मको कार्यकालका लागि राजदूत कोइरालाई धन्यवादसमेत दिए ।
कोइरालालाई २ वर्षअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वले राजदूत बनाएको थियो ।
वर्तमान सरकारले यसअघि इजरायलका लागि नेपाली राजदूत निरञ्जनकुमार थापालाई पनि फिर्ता बोलाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4