Comments Add Comment

लिभोनको नयाँ स्याम्पू र कन्डिसनर अब नेपालमा

१२ वैशाख, काठमाडौं । लिभोनले नेपालमा आफ्नो लोकप्रिय हेयर सिरमका अतिरिक्त अब स्याम्पू र कण्डिशनरहरुको शृंखला पनि उपलब्ध गराएको छ ।

यी सर्वोत्कृष्ट उत्पादनहरुको बिक्री शुभारम्भ एक समारोहबीच मिस नेपाल २००२ तथा सामाजिक अभियन्ता माल्भिका सुब्बा, मिस नेपाल २०१८ शृंखला खतिवडा, चर्चित सौन्दर्य तथा केश विज्ञ इच्छा कार्कि र दि हिडन ट्रेजर मिस नेपाल २०१९ का २५ प्रतियोगीहरुले संय’शक्त रुपमा गरेका थिए ।

लिभोनले दोस्रो वर्षको लागि पनि दि हिडन ट्रेजर मिस नेपाल २०१९सँग स्टाइलिङ पार्टनरको रुपमा आबद्ध छ । ब्राण्डले जवान नेपाली युवतीहरु जो, महत्वाकाँक्षी, आत्मनिर्भर र स्टाइलीस रहन चाहन्छन्, उनीहरुलाई लक्षित गरेको छ ।

यसको अत्यन्त लोकपि्रय सिरमसँगै, लिभोनले यी युवतीहरुको दैनिकीमा स्टाइलिङ एजेण्टको रुपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

भिन्न प्रकृतिको केशको लागि भिन्न किसिमको स्याहारको आवश्यकता पर्ने तथ्यलाई बुझेर लिभोनले विशेष रुपमा ३ भिन्न किसिमका केशहरुको लागि उत्कृष्ट क्लेण्ड र  र्फमुलेसनका साथ तयार पारिएको स्याम्पू र कण्डिशनरहरु प्रस्तुत गरेको छ ।

प्राकृतिक तत्वहरुका साथ डुबाइएको लिभोन स्याम्पू र कन्डिसनर ३ भिन्न भिन्न प्रकारमा उपलब्ध छन्, जुन सामान्य केश, रुखो केश र खराब केश गरी ३ प्रकारका केशहरुको लागि उपयुक्त हुने गरी तयार पारिएको छ ।

प्राकृतिक तत्वहरु प्रयोग गरिएका उत्पादनहरु प्रति बढ्दो रुचीलाई दृष्टिगत राख्दै, लिभोन स्याम्पू र कण्डिशनरमा भिन्न किसिमका केशहरु सुहाउँदो पोषणतत्व, म्वाइस्चराइजिङ र मर्मत गर्ने प्राकृतिक गुणहरु मिलाइएको छ ।

लिभोनले यसका साथै नुहाउनु पूर्व कपाललाई पोषण प्रदान गर्ने लिभोन क्रेम आयल पनि बजारमा पेश गरेको छ । लिभोन क्रेम आयलले तेल रातभर लगाएर प्राप्त हुने पोषण मात्र ३० मिनेटमा प्रदान गर्दछ ।

नरिवलको दूध र नरिवलको तेलको असली गुणहरुले भरपूर लिभोन क्रेम आयलले तेल लगाइरहने झन्झटबाट छुट्कारा दिलाउँदै केशलाई पौष्किटता प्रदान गर्दछ ।

केश स्याहारका व्यापक शृँखलाहरुका साथ लिभोन उमेर सुहाउँदो र सुविधादायक केश स्याहार समाधान उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ ताकि नेपाली युवतीहरुलाई हर दिन उत्तम केश दिन प्राप्त हुन सकोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment