Comments Add Comment

सामुदायिक होमस्टेको टेकोमा तङ्ग्रिदै पात्लेखेत

१३ वैशाख, काभ्रे । करिब ८ वर्षअगाडि गाउँकै केशव बडाल र रवीन्द्र न्यौपानेलगायतले गाँउलेका घरका खालीकोठामा विदेशी र स्वदेशी पाहुना ल्याएर राखौँ भन्दा काभ्रेको पात्लेखेतडाँडागाउँका बासिन्दाले उनीहरूका कुरा घाममा सुकाइदिए’ । कतिले खिल्ली उडाउन पनि भ्याए ।

तर, आजसम्म आइपुग्दा कथा फेरिएको छ । बडाल र न्यौपानेको परिकल्पना आज वास्तविकता भइसकेको छ । चार वर्ष अगाडिको भुईँचालोले गाउँका धेरै घर लडाउँदा पनि पात्लेखेत सामुदायिक होमस्टे कार्यक्रम अनवरत सञ्चालनमा छ ।

त्यसयता हरेक हप्ता कोही न कोही विदेशी तथा स्वदेशी पाहुना काठमाडौँबाट ४२ किलोमिटर पूर्वको यो गाउँ पुगेका छन् । उनीहरूको आगमनले गाउँलेलाई दैनिक जीवन चलाउन मात्र नभएर पुनर्निर्माण अभियानलाई अझ बलियो बनाउन पनि सघाउ पुगेको छ ।

सुरुवात

संस्थागत सुरुवात आठ वर्ष अगाडि भए पनि यो सोच अलिक पुरानै रहेको होमस्टे सञ्चालन समतिका अध्यक्ष बडालको भनाइ छ ।

त्यसैमा न्यौपाने थप्छन्, “हाम्रो जिन्दगी आफ्नै हिसाबले अगाडि बढिरहेको थियो । गाउँलेहरू खेतीकिसानी र पशुपालनमै रमाएका थियौँ । तर संवत् २०५६/५७ तिर वीपी राजमार्गमा गाडी चल्न थाले ।

गाडी मात्र आएनन्गाडीभित्र बसेर देशैभरिका मान्छे हाम्रो गाउँ हुँदै ओहोरदोहोर गर्न लागे । अनि हामीलाई लाग्यो कि हाम्रा केही उत्पादन उनीहरूलाई बेच्न पाए हामी पनि केही पैसा कमाउँथ्यौँ ।

एकातिर बाटोले गाउँलाई काठमाडौँसँग जोड्योअर्कातिर संवत् ०५४ को स्थानीय चुनावमा पात्लेखेत गाविस अध्यक्ष निर्वाचित भएका बडालको जनसम्पर्क देशैभरि फैलँदै थियो । यस क्रममा उनको सम्पर्क भयोआर्थिक दिगोपना र वातावरणीय स्वच्छता सहितको सद्भावमय समुदायको विकासमा कार्यरत लभ्ली ग्रिन नेपाल नामको गैरसरकारी संस्थासँग । संस्थाका अध्यक्ष स्वर्गीय गोरेकाजी सङ्गतले उनलाई एभ्रिथिङ् अर्गानिक नर्सरीसँग सम्पर्क गराइदिए ।

सङ्गतले जुटाइदिएको बडाल लगायतका गाउँले र नर्सरी टोलीबीचको सङ्गत बलियो हुँदै गयो । केही वर्षमै एभ्रिथिङ् अर्गानिक नर्सरी नै डाँडागाउँ सर्‍यो  ।

त्यसपछि सङ्गत सर र लभ्ली ग्रिन जापानका ओसिनो सानले हामीलाई एउटा जापानी टोलीलाई गाउँमा आतिथ्य प्रदान गर्न आग्रह गर्नुभयो,”बडाल सुनाउँछन् ।

तर सुरुमा गाउँलेहरू तयार नै भएनन् । के गर्नेकसो गर्ने केही थाहा नै भएन । सङ्गतले गाउँलेलाई विदेशी पाहुना  स्वागतका लागि के कसो गर्नेके के खुवाउने भनेर सिकाए । अनि बल्ल गाउँलेहरू तयार भए ।

नभन्दै विदेशीहरू आए । हामीले उनीहरूसँग धेरै क्रियाकलाप गर्‍यौं । पछि त अचम्म… धेरै गाउँलेलाई यो काम मन परेछ । अनि पाहुनाहरूले पनि हामीलाई मन पराए । त्यसपछि त हामीलाई अझ धेरै मान्छे आइदिए हुन्थ्योजस्तो लाग्यो,” हाल होमस्टे कार्यक्रमको प्रबन्धकका रूपमा कार्यरत न्यौपाने बताउँछन् ।

त्यसपछि सङ्गतले अरू जापानीलाई पनि पात्लेखेत पुर्‍याए । एभ्रिथिङ् अर्गानिक नर्सरीमा तालिम लिने बहानामा अन्य देशका पर्यटक पनि गाउँ पुग्न थाले ।

संवत् ०७१ सम्म आइपुग्दाहाम्रो गाउँ आउने विदेशीको सङ्ख्या उल्लेख्य भइसकेको थियो । होमस्टे कार्यक्रम पनि फैँलँदै गयो । तर ०७२को भुईँचालोले हामीलाई अल्झायो ।

अल्झनहरू

भुईँचालोमा परी होमस्टे सञ्चालनमा रहेका सबै १६ घर भत्किए । बडाल सम्झन्छन्, “पुनर्निर्माण गाह्रो काम थियो । त्यसैले हामीले होमस्टे बन्द गर्ने सोच्यौँ ।

तर केही समय लगत्तै उनीहरूले सहयोग पाए । तर त्यो रकमी सहयोग नभएर धेरै पाहुना पठाउने प्रतिबद्धता थियो । पहिला गाउँमा बसेको एक ताइवानी समूहले पुनर्निर्माणमै सहयोग गर्न भनेर पात्लेखेतमा नियमित पाहुना पठाउने भयो ।

पहिला यहाँ आएका ताइवानी भुईँचालो लगत्तै गाउँमा आए । उनीहरू पनि हामीसँगै त्रिपालमुनि र टहरामा बसे । भत्किएका घरबाट निस्केका ढुङ्गा माटो तह लगाउन सघाए । अमूल्य गुन लगाए,” बडाल सुनाउँछन्, “अलिक पछि हामी फेरि आफ्नै खुट्टामा उभिन सक्यौँ । उनीहरू नआइदिएको भए यो होमस्टे बन्द भइसक्थ्यो ।

जापानी र ताइवानी पाहुनाले गाउँ वरिपरिका छ ओटा सामुदायिक स्कुल बनाउन पनि सहयोग गरे । गाउँको केन्द्रमा एउटा सामुदायिक भवन बनाइदिएजहाँ अहिले तिन ओटा सहकारीले आफ्नो कार्यालय राखेका छन् ।

पछुतो

पुनर्निर्माणका क्रममा धेरै गाउँलेले सिमेन्ट र बालुवा प्रयोग गरी सहरिया तरिकाको घर बनाए । आज सम्झिँदा न्यौपानेलाई त्यो कुराको पछुतो लाग्छ ।

हामीले सोच्यौँ कि पुराना शैलीका घर छिट्टै भत्कन्छन् । ती घर कुनै पनि हिसाबले कामलाग्दा लागेनन्,” उनी सम्झन्छन्, “अरूको के कुरा,गाउँमा आधुनिक’ घर बनाउने पहिलो व्यक्ति नै मै हुँ ।

हुन त एक ताइवानीले उनलाई पुरानै शैलीको घर बनाउन नसम्झाएका होइनन् । तर न्यौपानेले उनको कुरा पत्याएनन् । जब उनलाई पुरानो शैलीको महत्व थाहा भयो, ‘आधुनिक’ घर पनि ठडिइसकेको थियो ।

अनि त सिङ्गो गाउँ र होमस्टे समुदायको स्वरूपको रङ् उडेजस्तो देखियो । आज मलाई हाम्रो गाउँ पुरानै स्थितिमा फर्काउन मन छ । तर सम्भव नै छैन,” उनी दुखेसो पोख्छन् ।

प्रभाव

होमस्टेले करिब सय जना गाउँलेलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी दिएको बडालको दाबी छ । अप्रत्यक्ष किसिमले अरू लाभ प्राप्त गर्नेको सङ्ख्या अझ ठूलो छ ।

पहिला हामी किसान मात्र थियौँदूध बेचतरकारी बेचअनि पैसा कमाऊ । हुन त आज पनि हामी किसान नै हौँतर होमस्टेले हामीलाई धेरै सहयोग गरेको छ । एभ्रिथिङ् अर्गानिक नर्सरीका कारण हामीले खेतीपातीका नयाँ तरिका पनि जानेका छौँ,” बडालका अनुसार नर्सरीले गाउँले किसानलाई प्राविधिक ज्ञानसँगै उन्नत बिउबिजन पनि दिन्छ । नर्सरीले कृषि उत्पादन अर्गानिक हुनुपर्ने कुरामा खुबै जोड दिन्छ ।

सँगसँगै विदेशी पाहुनाले पनि धेरै कुरा सिकाएविशेष गरी नयाँ कृषि प्रविधि र संस्कार । आज गाउँलेले स्वास्थ्य र सरसफाइको महत्व बुझेको बडाल जानकारी दिन्छन् । पहिला गाईगोठ घिनलाग्दा हुन्थेअहिले कुनै विदेशीलाई पनि गोठ पस्न घीन लाग्दैन ।

म सानो छँदा केके उपद्रो गरेर समय बिताउँथेँ । तर आज गाउँ बदलिएको छअबका केटाकेटीले उपद्रो गर्ने समय छैन । होमस्टेले सिङ्गो गाउँको सशक्तीकरण भएको छ,” न्यौपाने दाबी गर्छन्, “होहोमस्टेले सहर र विदेश जाने गाउँलेलाई खासै रोक्न सकेको छैन । तर पनि गाउँमै बसेर केही गर्न सकिन्छ भन्नेका लागि यो कार्यक्रम उदाहरण बनेको छ ।

साथसाथैगाउँलेले पर्यटन र गाउँमा यस उद्यमको प्रभाव बुझेको बडालको धारणा छ । उनका अनुसार सुरुसुरुमा गाउँलेले धेरै पर्यटक राख्नै चाहेनन् । तर समय बित्दै जाँदा उनीहरूलाई आतिथ्य प्रदान गर्ने काम सहज लाग्न थाल्यो । पहिला अब भयोधेरै मान्छे नबोलाऔँ’ भन्नेहरू नै आज धेरै पर्यटक चाहियो भन्छन् । अन्य गाउँका मान्छे पनि आएर होमस्टेको सदस्य बनाइदिनुपर्‍यो भन्छन् ।

एउटा समूह एक हप्ता बस्यो भने एउटा घरले १५/२० हजार रुपैयाँ कमाउँछ । त्यसैले समग्र गाउँका लागि यो फाइदाजनक छ ।

यो लाभको मात्रा अझ बढाउनका लागि गाउँलेहरूले नेपाल पर्यटन बोर्डनाथम र तारागाउँ विकास समितिबाट एक आतिथ्य सत्कार तालिम पनि लिएका छन् ।

नेपाली पाहुना

विदेशी पाहुना सँगसँगै गाउँमा नेपाली पाहुनाको उपस्थिति पनि बढ्दो छ । काठमाडौँबाट नजिकै भएका कारण यहाँ विभिन्न गैरसरकारी संस्था,स्कुल तथा कलेज विभिन्न कार्यक्रम गर्ने गरेका छन् ।

न्यौपानेका अनुसार वर्षको करिब एक हजार नेपाली पर्यटक होमस्टेमा बस्न पुग्छन् । यद्यपि सबै नेपाली पर्यटकले होमस्टेको अवधारणा बुझ्न नसकेको उनको दुखेसो छ ।

गाउँले जीवन कसरी चलेको छअधिकांशले त बुझ्नुहुन्छ । तर कोहीकोहीले हाम्रा कुरा बुझ्नुहुन्न,” उनी सुनाउँछन्, “उहाँहरू होमस्टेको शान्त वातावरणमा रमाउन सक्नुहुन्न । ठूलो आवाजमा गीत बजाएर राति ढिलासम्म बसिदिनुहुन्छ । उहाँहरूलाई रमाइलो भनेकै त्यही हो भन्ने छ ।

यस्ता नेपाली पर्यटकले होमस्टेमा विदेशीको भन्दा बढी पैसा खर्चन्छन् । यद्यपि उनीहरूको दृष्टिकोण र व्यवहारका कारण कतिपय पर्यटकले नेपाली पाहुना राख्न नमान्ने उनी बताउँछन् ।

भविष्य

पात्लेखेत होमस्टेको भोलिको बाटो स्पष्ट छ, आफ्नो सेवालाई सुधार्दै निरन्तरता दिने । यहाँका प्रायः सबै घरका बेडरुममा अहिले कमोड सहितको बाथरुम गाँसिएको छ । त्यसैले सुखसुविधा खोज्ने पर्यटकलाई पनि होमस्टेमा खासै समस्या छैन ।

अझ धेरै पर्यटक आऊन् भन्नका लागि होमस्टेले अझ धेरै प्रचारप्रसार गर्ने योजना बनाएको छ । हाल यहाँ वार्षिक एक हजार विदेशी र एक हजार स्वदेशी पर्यटक आउँछन् ।

साथै होमस्टे सञ्चालकले आफ्नो समुदायको सरसफाइमा पनि सुधार ल्याउने सोच बनाएका छन् । तर बस्तीको मध्यमा राजमार्ग पर्ने भएकाले यो अलिक कठिन देखिएको छ ।

होमस्टे सुरु गरेर समाजका लागि केही राम्रै गरिएछ भन्ने महसुस हुन्छ । यसले गाउँलेलाई धेरै सहयोग पुर्‍याएको छ,” बडालको भनाइ छ,“अन्य गाउँमा पनि यस्तो कार्यक्रम फैलनुपर्छ । यसले समग्र गाउँमा परिवर्तन ल्याउँछ । गाउँलाई नै राम्रो बनाउँछ ।

फोटो : दिवेश मानन्धर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment