Comments Add Comment

अस्थायी शिक्षक घर फर्किनुको विकल्प छैन : शिक्षामन्त्री पोखरेल

१३ वैशाख, सिमरा । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले अस्थायी शिक्षक अब घर फर्किनुको विकल्प नरहेको बताएका छन् ।

बाराको सिमरा बिमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै पोखरेलले अस्थायी शिक्षकहरुको समस्या समाधानका लागि परीक्षा प्रणालीद्वारा कम्तिमा ४० अंक ल्याउनेलाई सेवामा स्थायित्व दिने ब्यवस्था गरिएको बताए ।

उनले अब फेरि दोस्रो परीक्षाको सम्भावना नरहेकाले उतीर्णसमेत हुन नसकेका शिक्षकहरुलाई सम्मानपूर्वक घर फर्काउने वातावरण बनाइने बताए ।

२०४९ सालदेखि अस्थायीरुपमा सेवामा रहेका शिक्षकहरुलाई स्थायी ब्यवस्थापनका लागि अघिल्लो वर्ष लिइएको परीक्षामा उतीर्ण हुनेहरुको धमाधम नियुक्ति प्रकृया अघि बढे पनि अनुतीर्णहरुलाई अर्को कुनै ब्यवस्था गर्न नसकिने उनले बताए ।

अनुतीर्ण शिक्षकलाई सम्मानपूर्वक बिदाइका लागि ‘गोल्डेन हेन्डस चेक’ दिइने भनिए पनि समस्या रहेको उनको भनाइ छ । शिक्षकको अनुतीर्णको संख्या सोचेभन्दा बढी भएकाले सो रकम दिनसमेत नसकिएको उनको तर्क छ ।

बिदाइका लागि ५ अर्व रकम छुट्याइएकोमा ९ अर्ब लाग्ने भएपछि सरकारले अनुतीर्ण भएका सबै शिक्षकलाई ‘गोल्डेन हेन्डस चेक’सहितको बिदाइ गर्नसमेत समस्या भइरहको मन्त्री पोखरेलले बताए ।

यद्यपि, अर्थ मन्त्रालयमा छलफल चलिरहेकोले थप रकम ब्यवस्थापन गरेर भए पनि बिदाइ गर्ने तयारी भइरहेको उनको तर्क छ ।

यस्तै राहत शिक्षकहरुको समस्यामा भने आफू गम्भीर रहेको भन्दै उनीहरुलाई परीक्षामा सहभागी गराउँदा उमेरहद् भने नतोकिने उनको भनाइ छ । उनीहरुलाई कसरी स्थायित्वको प्रकृयामा लग्न सकिन्छ भन्नेबारे छलफल र बहस भइरहेको बताउँदै उनले राहत शिक्षकले शिक्षा क्षेत्रमा सकारात्मक योगदान दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment