
१३ वैशाख, जनकपुरधाम । अनुहारसहित शरीरको अधिकांश भाग जलेर सिकिस्त भएकी सिरहा कल्याणपुर ८ की कञ्चन मण्डल खत्बेको मृत्यु भएको छ ।
काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा शुक्रबार ५ बजर २० मिनेटतिर उनको मृत्यु भएको काठमाडौंको साँखु प्रहरीलाई उदृत गर्दै सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुखदेव खनालले जानकारी दिए । बिहीबार बिहान ९ः१५ बजेतिर उनको शरीरमा आगो लागेको फेला परेको थियो ।
तत्कालै पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले उद्वार गरी उपचारका लागि मिर्चैया पठाएको थियो । मिर्चैयामा उपचार हुन नसक्दा धरानस्थित घोपा क्याम्प पठाइएको थियो । घोपा क्याम्पमा पनि उपचार स्म्भव नभएपछि शुक्रबार उनलाई काठमाडौं लगिएको थियो ।
उनको उपचारकै क्रममा दिउँसो ज्यान गएको परिवारले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुखदेव खनालले जानकारी दिए ।
यो पनि पढ्नुहोस् : कञ्चनलाई आगो लगाउने को हुन् ? प्रहरीको अनुसन्धान श्रीमानतिर
प्रतिक्रिया 4