Comments Add Comment

कपिलवस्तुमा महिलाको हत्या, श्रीमानसहित ३ पक्राउ

१६ वैशाख, कपिलवस्तु । जिल्लाको वाणगंगा नगरपालिका–८, बालापुरमा स्थानीय २१ वर्षीया सुनीता थारूको हत्या भएको छ ।

हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान सुनीताको शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनीताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए ।

पक्राउ परेका तीन जनाउपर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment