Comments Add Comment

प्रभाषलाई ‘डार्लिङ’ भन्दै श्रद्धाले गरिन् स्वागत

‘बाहुबली’ चलचित्रमा अभिनय गरेपछि साउथका नायक प्रभाषको क्रेज अहिले उच्च छ । उनलाई मन पराउनेको जमात लोभलाग्दो नै छ । सामाजिक संजालमा खासै सक्रियता नदेखाउने प्रभाषले पछिल्लो समय इन्स्ट्राग्राममा भने उपस्थिती देखाएका छन् ।

प्रभाषले इन्स्टामा हालसम्म एकमात्र पोस्ट गरेका छन् । एक पोस्ट मात्रै गर्दा पनि उनको इन्स्टा भेरिफाइ भइसकेको छ । प्रभाषलाई इन्स्टामा फलो गर्नेको संख्या पनि १४ लाख बढि पुगेको छ । उनलाई धेरै फ्यानहरुले इन्स्टाको दुनियामा स्वागत पनि गरेका छन् ।

फ्यानले मात्र हैन, प्रभाषलाई बलिउड सेलिब्रेटीहरुले पनि स्वागत गरेका छन् । प्रभाषको आगामी चलचित्र ‘साहो’मा पर्दा शेयर गरेकी नायिका श्रद्धा कपुरले पनि प्रभाषलाई स्वागत गरेकी छिन् । श्रद्धाले आफ्नो अफिसियल इन्स्टामा एक पोस्ट गर्दै उनलाई स्वागत गरेकी हुन् । उनले लेखेकी छिन्, ‘इन्स्टामा स्वागत छ । मैले तपाई जस्तो राम्रो र इमान्दार मान्छे देखेको छैन । स्यालुट, डार्लिङ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment