Comments Add Comment

‘ओभर टाइम’ काम गर्दा इन्डोनेसियामा २७२ को मृत्यु

सरकारद्वारा राहतको घोषणा

१६ वैशाख, काठमाडौं । दक्षिण पूर्वी देश इन्डोनेसियामा गत हप्ता भएको आमनिर्वाचनको मत गणनाको क्रममा २७२ जनाको मृत्यु भएको छ । अझै १ हजार ८७८ जना कर्मचारीहरु विरामी परेको बीबीसीले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता आरिफ प्रियो सुसान्तोले भनेका छन्– लाखौं मतपत्र हातले गन्नु परेकाले कर्मचारीहरु थाकेर बिरामी परे र २७२ जनाको मृत्यु भयो ।

उनका अनुसार, ७ लाख जनाले मतगणना र निगरानीमा सहयोग गरेका थिए । उनीहरुले चर्को गर्मीमा रातभर काम गरेका थिए ।

इन्डोनेसियामा १९ करोड ३० लाख मतदाताले राष्ट्रपति चुनावको साथ–साथ स्थानीय चुनावमा भाग लिएका थिए । यही १७ अप्रिलमा भएको निर्वाचनमा ८ लाख मतदान केन्द्र तोकिएको थियो । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न धेरै संख्यामा कर्मचारीहरु परिचालन गरिएको थियो । तर, उनीहरुको स्वास्थ्य जाँच गराइएको थिएन ।

निर्वाचन आयोगका प्रवक्ता भन्छन्– त्यसै कारण २७२ जना ओभर टाइमको बिरामीले मरे । यो निकै दुःखद् घटना हो । यस्तो होला भन्ने कल्पना पनि गरिएको थिएन ।

निर्वाचन आयोगले मृत्यु भएकाका परिवारलाई २५ सय डलरको दरले राहत दिने जनाएको छ ।

निर्वाचन परिणामपछि सुरुमा जोको विडोडो र विपक्षी नेता प्राबाओ सुबियान्तोले आ–आफ्नो जित भएको दाबी गरेका थिए । तर, निर्वाचन आयोगले जोको विडोडो नै राष्ट्रपति निर्वाचित भएको घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment