
१६ वैशाख, काठमाडौं । डा. सिके राउतले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । राउतले आइतबार ३५ केन्द्रीय सदस्य रहेको ‘जनमत पार्टी’ दर्ताका लागि निवेदन दिएका हुन् ।
गत फागुन २४ गते सिके राउतले सरकारसँग ११ बुँदे सम्झौता गरेर पृथकतवादी आन्दोलन छाडेका थिए । त्यसपछि गत चैत ४ गते सिराहामा बसेको राष्ट्रिय परिषद बैठकले पार्टीको नाम ‘स्वतन्त्र मधेश गठबन्धन’लाई परिवर्तन गरी ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको थियो । साथै, दल दर्ता गर्ने निर्णय पनि सोही बैठकले गरेको थियो ।
सरकारसँग सम्झौता गरेको झण्डै दुई महिनापछि राउत दल दर्ताको लागि निर्वाचन आयोगमा पुगेका हुन् । ३५ सदस्यीय केन्द्रीय समितिको अध्यक्ष सिके राउत आफैं छन् । अरु पद बाँडफाँट गरिएको छैन । ३४ जना केन्द्रीय सदस्य छन् ।
केन्द्रीय समितिमा १२ जना महिला छन् । यसैगरी दलित समुदायबाट ६ जना र मुस्लिम समुदायबाट ४ जनाको प्रतिनिधित्व छ । निर्वाचन आयोगले भने दल दर्ताको निर्णय गर्न बाँकी छ ।
राउतले केन्द्रीय सदस्यहरुको नामावली आफ्नो फेसबुक पेजमार्फत् सार्वजनिक गरेका छन् ।
हेर्नुहोस् नामावली
प्रतिक्रिया 4