Comments Add Comment

कर्णाली प्रिमियर लिगमा न्यू होराइजन विजयी

१७ वैशाख, काठमाडौं । सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग क्रिकेटमा शक्ति गौचन कप्तान रहेको न्यू होराइजन क्रिकेट एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई पराजित गरेको छ ।

आज भएको खेलम न्यू होराइजनले हिमालयनलाई ५ विकेटले पराजित गर्न सफल भएको हो ।

कालिन्चोक मैदानमा मंगलबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको न्यू होराइजन क्रिकेट एकेडेमीले १८.२ ओभरमा सबै विकेट गुमाएर ९२ रन बनएको थियो । हिमालयनको लागि दीपेन्द्र ऐरीले सर्वाधिक २५ रन बनाए । होराइजनका बलर अर्जुन रायमाझीले सर्वाधिक ३ विकेट तथा शक्ति गौचन र गोविन्द खत्रीले २–२ विकेट लिए ।

९३ रनको लक्ष्य न्यू होराइजनले १४ ओभरमा ५ विकेट गुमाएर भेटायो । निश्चल चौधरीले विस्फोटक ब्याटिङ गर्दै २९ बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै अविजित ५० रन बनाए । त्यस्तै सुरज दराईले ११, अर्जुन रायमाझीले १० तथा शक्ति गौचनले अविजित १० रन बनाए ।

हिमालयन क्रिकेट एकेडेमीका बलर पवन कार्कीले ३ विकेट तथा हेमन्त धामीले २ विकेट लिए ।

समुह ‘बि’ अन्तर्गत न्यू होराइजनले ३ खेल खेल्दा २ जित र १ हार बेहोर्दै ४ अंक पुगेको छ । यता, एपीएफको २ खेल खेल्दा २ जितको साथ ४ अंक रहेको छ । महेन्द्रनगर क्रिकेट एकेडेमीको २ खेलमा १ जित र १ हार सहित २ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment