Comments Add Comment

एनआईसी एसिया बैंकको कार्डबाट ‘खल्ती’मा पैसा राख्दा १० प्रतिशत बोनस

१८ वैशाख, काठमाडौं ।राष्ट्रिय आईसीटी दिवस २०१९ को अवसरमा खल्ती र एनआईसी एशिया बैंकले एक विशेष बोनस अफरको घोषणा गरेका छन्।

उक्त अफरमा बैंकद्वारा जारी क्रेडिट तथा डेबिट कार्डहरू प्रयोग गरेर खल्ती वालेटमा फण्ड लोड गर्दा प्रयोगकर्ताले १० प्रतिशत अतिरिक्त बोनस प्राउने बैंकले जनाएको छ।

यो योजना मे २, (बैशाख १९) एक दिनको लागि मात्र लागू हनेछ। बैंकका अनुसार बैंकद्वारा जारी गरिएका कार्डहरू मार्फत आफ्नो खल्ती खाता लोड गर्दा प्रयोगकर्ताहरूले तुरुन्तै बोनस रकम पाउनेछन् । प्रयोगकर्ताले यसरी प्राप्त गर्ने बोनस रकम अधिकतम १००० रुपैयाँ (कर सहित) हुनेछ।प्रत्येक खल्ती प्रयोगकर्ताले यो योजनामा दिनभरमा एकपटक मात्र सहभागी हुन सक्नेछन्।

यसरी प्राप्त गरिएको बोनस खल्ती डिजिटल वालेटमा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानी सेवामा प्रयोग गर्न सकिने जनाइएको छ।यसका अतिरिक्त, एनआईसी एशिया बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ सेवामा अनलाइन दर्ता सुविधा समेत खुला गरेको छ।

ग्राहकहरु जसले मोबाइल बैंकिङ्ग सेवा लिएका छैनन्, उनीहरुले अनलाईनबाटै मोबाइल बैंकिङ्गको लागि साइनअप गरी युजरनेम र पासवर्ड प्राप्त गर्न सक्नेछन्।

राष्ट्रिय आईसीटी दिवस प्रत्येक वर्ष नेपालमा मे २ का दिन मनाउँदै आइएको छ। सूचना प्रविधि विभाग तथा विभिन्न सूचना प्रविधि सम्बन्धित संस्थाहरूद्वारा विभिन्न कार्यक्रम सञ्चालन गरी यस दिनलाई राष्ट्रिय प्राविधिक उत्सवको रूपमा मनाईन्छ।

हरेक वर्ष यसै दिन सूचना प्रविधि क्षेत्रमा रही विभिन्न योगदान पुर्याउने व्यक्तिलाई ‘राष्ट्रिय आईसीटी पुरस्कार’ समेत प्रदान गरि सम्मान गरिन्छ ।खल्ती एप यो लिंकबाट डाउनलोड गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment