Comments Add Comment

सनराईज बैंक र आइएमई लाईफबीच सम्झौता, बैंकमार्फत बीमा सेवा

१७ वैशाख, काठमाडौं । सनराइज बैंक र आइएमई लाईफ इन्स्योरेन्सबीच एक सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच कम्पनी र बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता अनुसार बैंकले देश भरका १ सय ४ ओटा शाखामार्फत नेशनल लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु बेच्ने भएको छ ।

सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment