+
+
Shares

रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन २१ हजार शुल्क, २१ जना समर्थक चाहिने

सभापतिलाई ५१ र पदाधिकारीलाई ४१ हजार शुल्क

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते २१:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले भोलिदेखि शुरू हुने पहिलो महाधिवेशनका लागि निर्वाचन कार्यतालिका र उम्मेदवारी दर्ता शुल्क सार्वजनिक गरेको छ ।
  • महाधिवेशनमा सभापति पदका लागि ५१ हजार र अन्य पदाधिकारीका लागि ४१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ ।
  • केन्द्रीय सदस्यको उम्मेदवारी शुल्क २१ हजार रुपैयाँ तोकिएको छ भने आगामी मंगलबार मतदान हुने कार्यक्रम छ ।

६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारी दर्ताको शुल्क सार्वजनिक गरेको छ । रास्वपाको पहिलो महाधिवेशन भोलिबाट सुरु हुँदैछ ।

तीन दिनसम्म चल्ने महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।

कार्यतालिका अनुसार, आगामी मंगलबार बिहान साढे ८ बजेबाट दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम तय भएको छ ।

निर्वाचनमा भाग लिने उम्म्मेदवारहरूका लागि रास्वपाले शुल्क तोकेको छ ।

जस अनुसार, सभापति पदमा उम्मेदवारी दिनका लागि ५१ हजार शुल्क तोकेको छ । सभापतिका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक रहनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, पदाधिकारीका लागि ४१ हजार शुल्क तोकिएको छ । पदाधिकारीमा उम्मेदवारी दिनका लागि १ जना प्रस्तावक र २१ जना समर्थक रहनुपर्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

केन्द्रीय सदस्यमा उम्मेदवारी दिनका लागि रास्वपाले २१ हजार शुल्क तोकेको छ । त्यस्तै, १ जना प्रस्तावक र २१ जना समर्थक रहनुपर्ने रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?