Comments Add Comment

कतार एयरवेजद्वारा प्रिमियम यात्रुहरुका लागि उत्कृष्ट अफर

१७ वैशाख, काठमाडौं । कतार एयरवेजले मंगलबार ३० अपि्रल देखि सोमबार ६ मेसम्म फर्स्ट क्लास एवं बिज्नेस क्लास यात्राको बुकिङमा यात्रुहरुलाई आफ्नो प्रिमियम यात्राको अद्वितीय अनुभवको निमित्त आमन्त्रण गरेको छ ।

यात्रुहरुले अब कतार एयरवेजको १६० प्रवेशद्वारमध्येको कुनै एक गन्तव्य छनौट गर्दै सम्पूर्ण पि्रमियम दरमा २० प्रतिशतसम्मको छुट र साथै, थप एक सहयात्रीसँग २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । पि्रभिलेज क्लब सदस्यहरुले पनि आˆना सम्पूर्ण पि्रमियम बुकिङमा डबल क्यू प्वाइन्ट प्राप्त गर्न सक्नेछन् ।

कतार एयरवेजका प्रमुख वाणिज्य अधिकारी साइमन टलिङ-स्मिथले भन्नुभयोः “संसारकै सर्वोत्कृष्ट बिज्नेस क्लासको रुपमा कतार एयरवेज आˆना प्रिमियम यात्रुहरुलाई सुरुवातदेखि अन्तसम्म अविस्मरणीय यात्राको अनुभव प्रदान गर्न हरदम प्रयत्नरत छ र यसले हामीलाई गौरवान्वित बनाउँदछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment